काठमाडौं, २० फागुन । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको स्पा संचालनमा आएको छ ।
सुन्धारास्थित सिटिसी मलको सातौं तल्लमा अन्तर्राष्ट्रिय सुबिधा सहित ग्लोरियस वेलनेस ब्युटी एण्ड सलोन प्रालि संचालनमा आएको छ ।
इन्टरनेशनल स्पा थेरापी, ओरेण्टल स्पा थेरापी, ट्रेडिसनल स्पा थेरापी, आयुर्वेदिक स्पा थेरापी, नेचुरल तथा हर्बोलोजी स्पा थेरापी, स्टिम, ज्याकुजी, सोना लगायतका सुबिधाका साथै उत्कृष्ट ब्युटी स्टुडियो र सलोन स्टुडियो पनि संचालनमा आएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको यो स्पा ५ हजार स्क्वायर फिट क्षेत्रफलमा संचालनमा आएको छ ।
कुटनैतिक नियोगमा कार्यरत बिदेशी कर्मचारी, नेपालका बिजनेश पर्सनालिटी, बिदेशी पर्यटक तथा स्पा थेरापीका लागि बिदेश गइरहने नेपालीलाई लक्षित गरेको यो स्पामा उत्कृष्ठ हस्पिटालिटी सेवाका साथै अन्तर्राष्ट्रियस्तरका स्पा प्रडक्टको प्रयोग गरिने स्पाका प्रबन्ध निर्देशक बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।
शान्त बाताबरणमा उत्कृष्ट इन्टेरियर डिजाइन, काष्ठकलाको साथै सुमधुर संगीत सँगै बिभिन्न थेरापीको आनन्द पाइने संचालक श्रेष्ठले जानकारी दिनुभयो ।
यस स्पामा सिंगल, कपल, फेमिली र कर्पोरेट मेम्बरसीपको अबधारणा ल्याएको ग्लोरियस वेलनेस स्पाले जनाएको छ । महिला, पुरुष र फेमिलीको लागि अलग अलग जोनमा छुट्याउनुका साथै चेन्जिङ रुम र लकरको अलग अलग ब्यबस्था गरिएको स्पाले जनाएको छ ।
१ हजार ५ सय रुपैयाँ देखि १५ हजार रुपैयाँसम्मका बिभिन्न स्पा थेरापी लिन सकिने संचालकले जानकारी दिए ।
आफ्नो पेशा र व्यवसायमा ब्यस्त रहेका ब्यक्तिहरुलाई मानसिक र शारीरिक तनाब कम गराइ व्यवसायिक जीबनमा सफलता हासिल गर्नका लागि यस ग्लोरियस स्पामा सेवा लिन आउन संचालकले अनुरोध गरेका छन् ।
तनाबमा रहेका बिभिन्न पेशा ब्यबसायमा आबद्ध ब्यबसायीलाई बिशेष सुबिधा सहितका थेरापी प्याकेज उपलब्ध गराइने ग्लोरियस स्पाका संचालक श्रेष्ठले बताउनुभयो ।
संचालनमा आएको अबसर पार्दै ग्लोरियस स्पाले एक महिनासम्म निशुल्क सेबा दिने बताएको छ । १ महिना भित्र पूर्णरुपमा संचालनमा आउने यो स्पाले अन्तराष्ट्रियस्तरको सुबिधा दिने आफु पहिलो भएको दाबी गरेको छ ।















प्रतिक्रिया