२ कार्तिक २०८३, सोमबार

बहुला कुकुरको टोकाइबाट चालीसजना सर्वसाधारण घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dog attackवीरगन्ज,२० फागुन । पर्साको पोखरिया नगरपालिका क्षेत्रमा बहुला कुकुरको टोकाइबाट ४० सर्वसाधारण पीडित भएका छन् ।

पोखरियाआसपासका लङ्गडी हरिहरपुर, धोविनी, मसिहानी, एकडरवा, विरञ्चिवर्वा, बसन्तपुर, सेमरालगायत गाउँका करिब ४० जनालाई कुकुरले टोकेर घाइते बनाएको हो ।

पोखरिया अस्पतालमा जाँदा रेबिजविरुद्धको खोप नरहेका कारण त्यसै फर्कन बाध्य भएको सेमराका पीडित जगदीश प्रसादले बताउनुभयो । पोखरिया अस्पतालका अहेब वृजेश द्विवेद्वीले रेबिजविरुद्धको खोप हेटौँडाबाट मगाएर दुई÷तीन दिनमा उपलब्ध गराउने जानकारी दिनुभयो ।

पोखरिया अस्पतालमा एक हप्तादेखि बहुला कुकुरले टोक्दा लाउने रेबिजविरुद्धको सुई अभाव भएको छ । पोखरियामा सुईको अभाव भएपछि सर्वसाधारणहरु वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका उपचारका लागि आउने गरेका छन् ।

बहुला कुकुर नियन्त्रणबाहिर नै भएका कारण उसको आतङ्क जारी रहेको पोखरियाका स्थानीयवासीले बताएका छन् । रासस