– सन्दिप भट्ट
भरतपुर, २० फागुण । गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ ।
गैँडाको आक्रमणबाट जिल्लाको माडी नगरपालिका–१० का ३५ वर्षीय धनबहादुर कुमालको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज बिहान ५ बजेको समयमा जीवनपुरबाट आफ्नो घर तर्फ जादै गर्दा गैँडाले आक्रमण गरी कुमाललाई गम्भिर घाईते बनाएको थियो ।
घाईते कुमालको स्थानिय स्वास्थ चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चितवन राष्ट्रिय निकुन्जबाट निस्कने जनावरको आक्रमणमा परि माडी क्षेत्रमा पटक-पटक मानविय क्षति हुदै आएको छ ।















प्रतिक्रिया