२ कार्तिक २०८३, सोमबार

यी हुन् आफ्नै ससुराको हत्या गर्ने गृहणी बुहारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

knifeपोखरा, २० फागुन । रक्सी सेवन गरेर जथाभावी बोलेको निहुँमा आफ्नै ससुराको हत्या गर्ने कास्कीको घान्द्रुक गाविस बस्ने ३० वर्षीया बिबा विक र २८ वर्षीया मनिता विकलाई प्रहरीले पक्राउ गरेको छ ।

पचपन्न वर्षीय ससुरा खड्गसिंह विकले रक्सीको नसामा अनावश्यक विवाद गरेको भनी बहिनी मनिता विकसँग मिली निज बिबा विकले गत शुक्रबार ससुरालाई लात्ती र मुक्काले हानी सिस्नु पानी लगाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट सख्त घाइते भएका खड्गसिंह विकको दुई दिनपछि मृत्यु भएको थियो । प्रहरीले अभियुक्तद्वयलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।