२ कार्तिक २०८३, सोमबार

गैँडाको आक्रमणमा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २० फागुन । चितवनको माडीमा आज बिहान निकुञ्जबाट निस्किएको गैँडाले हानेर एक पुरुषको मृत्यु भएको छ ।

बिहान करिव ५ बजे माडी नगरपालिका १० स्थित घाँगर खोला नजिकै गैँडाले हानेर स्थानीय ३५ वर्षीय धनबहादुर कुमालको मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बिहान नजिकैको गाउँ जीवनपुरबाट घरतर्फ आउने क्रममा बाटोमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका कुमालको उपचारका क्रममा बघौडा अस्पतालमा मृत्युभएको हो ।

यसअघि फागुन ६ गते पनि माडी नगरपालिका वडा नं ५ धोवाहामा गैँडाले हानेर स्थानीय ४५ वर्षीया विफला महतोको मृत्यु भएको थियो ।