काठमाडौं, २० फागुन । नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तीकरण व्यवस्थापन समितिको आयोजनामा प्रथम राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र विश्वविद्यालय गरी ९ टिमको सहभागिता रहने आयोजककी अध्यक्ष एवं प्रतियोगिता संयोजक नन्दा बस्यालले जनाएकी छन् ।
९० खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि प्रतियोगिता माघ २३ गतेदेखि हुने भएनिकोमा प्राविधिक कारणले हुन नसकेको अध्यक्ष बस्यालले जानकारी दिइन् ।
दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख खर्च लाग्ने बताइएको छ ।
खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न माहिला मात्र परिचालन गरिने अध्यक्ष बस्यालले बताइन् ।













प्रतिक्रिया