१ कार्तिक २०८३, आइतबार

एमालेमा मनमुटाव, ओलीको निर्णयमा भुसालको ‘नोट अफ डिसेन्ट’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-&-KP-Oliकाठमाडौ, २० फागुन । एमालेमा अध्यक्ष केपी ओलीले गुटबन्दीकै ढंगबाट पार्टी संचालन गर्न खोजेको भन्दै मनोयनन लगायतका पछिल्ला निर्णयमा उपमहासचिवव घनश्याम भुसालले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

स्थायी समितिको मंगलबारको बैठक पछि उनले निर्णयको माइन्यूटमा लिखित असहमति जाहेर गरेका हुन् ।

स्थायी समितिका पछिल्ला बैठकमा अध्यक्ष ओली र उमहासचिव भुसालवीच भनाभनकै जस्तो स्थिति समेत बनेको थियो ।

मंगलबारको बैठकमा पनि ओली र भुसालवीच ‘मर्यादा’ नबसेकोबारे आरोप प्रत्यारोप भएको थियो ।

‘नवौ महाधिवेशनपछि पार्टीका तर्फबाट जे जति निर्णय भए ती निर्णयहरु गुटबन्दीबाटै प्रभावित रहे’ उपमहासचिव भुसालले भने, ‘संविधान निर्माणका मुख्य काममा प्रभाव पर्ला भनेर धेरै कुरा हामीले बाहिर ल्याएनौ भित्रै मौखिक रुपमा भनिरह्यौ तर अध्यक्षले टेर्नु भएन र मैले ‘नोट अफ डिसेन्ट’ लेखेको हुँ ।’

भुसालले गत असारमा भएको नवौ महाधिवेशन नेता माधव नेपालको प्यालनबाट चुनाव जितेका हुन् ।

केन्द्रिय समितिमा मनोनयन गर्न मापदण्ड बनाउनुपर्नेमा त्यसो नगरी जथाभावी निर्णय गराउन खोजेको आरोप भुसालले लगाएका छन् ।

महाधिवेशनपछि सभासद् मनोनयनको सिफारिस, सुकुम्वासी आयोग गठनलगायतका निर्णयमा एकलौटी भएको भन्दै नेपाल समूहले आपत्ति जनाएको थियो ।

नेता नेपालले ओलीको कायैशैलीमा प्रश्न उठाउदै गत कात्तिकमा ओलीको कायैशैली विरुद्घ सात बुँदे लिखित असहमति जाहेर गरेका थिए ।

उक्त प्रकरणपछि स्थायी समिति र पोलिट ब्यूरो चयनमा ओली र नेपाल समूह मिलेर जान खोजेका थिए ।

महाधिवेशनमा आएको मत प्रतिशतकै आधारमा स्थायी समिति र पोलिट ब्यूरोमा भागबन्डा भएको थियो ।

तर केन्द्रिय समितिको पछिल्लो मनोनयनसम्म आइपुग्दा ओली र नेपाल समूहबीच फेरी मनमुटाव सुरु भएको छ ।

यसकै संकेतको रुपमा मंगलबार भुसालले नोट अफ डिसेन्ट लेखेका हुन् ।

भुसालको नोट अफ डिसेन्टमा नेपाल पक्षकै सचिव योगेश भट्टराईले समर्थन गरेका छन् ।

मंगलबारको बैठकमा अनुपस्थित भएका कारण बुधबार पार्टी कार्यालयमा गएर आफूले पनि असहमति जाहेर गर्ने भट्टराईले जानकारी दिएको कान्तिपुर दैनिकले छापेको छ ।

‘अध्यक्षले अस्तव्यवस्त ढंगले पार्टी सञ्चालन गर्न खोज्नु भएको छ, जे पनि निर्णय गर्न सक्छु भन्ने देखाउन खोज्नु भएको छ’ सचिव भट्टराईले भने, ‘उहाँको यो तर्साउन खोज्ने शैलीप्रति हाम्रो आपत्ति छ ।’

पार्टी निर्णयहरुमा पर्याप्त छलफल नगरी आफ्नो खल्तीबाट निर्णय गराउदै हिड्ने शैली अध्यक्षले अबलम्बन गरेको भट्राईको आरोप छ ।

पछिल्ला बैठकले १२ जना पूर्ण र आठ जना बैकल्पिक केन्द्रिय सदस्य मनोयन गरेको थियो ती मनोनयनमा अधिकांश ओली पक्षको सिफारिसमा व्यक्तिहरु छन् ।

पार्टी प्रवेश गरेको स्थायी समितिको मंगलवारको बैठकले पाँच जना नियमित कोटा र तीन जना पार्टी प्रवेश गर्नेहरुको तर्फबाट मनोनयन गरेको छ ।

नियमित कोटामा खगेन्द्र चुडाल, देवशंकर पौडेल, मानबहादुर जिसी, रुपनारायण श्रेष्ठ र झपट रावललाई मनोनयन गरेको छ ।

अन्य दलबाट एमालेमा प्रवेश गर्नुहरुको कोटाबाट प्रल्हाद गिरी, डा देउमान सम्बाहाङफे र भास्कर काफ्ले छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई सम्बोधन गर्नका लागि केन्द्रिय सदस्यमा मनोनयन प्रावधान विधानमा थियो ।

नियमति कोटामा मनोनयन गर्ने संख्या भने अब पुरा भएको छ । पार्टी प्रवेश गर्नेहरुको कोटमा भने अन्य केहीलाई ल्याउने संभावना छ ।