२९ आश्विन २०८३, बिहिबार

बार्सिलोनामा नेपाली पहिरन लगाएर फेशन शो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

firiri (8)

बार्सिलोना । स्पेनको राजधानी वार्सिलोना सहरमा नेपाली पहिरनको फेशन शो गरिएको छ । नेपाल नारी स्वरुपमा नाम दिइएको फेशन शोमा नेपालको कला एवम् संस्कृतिलाई विदेशी माँझ प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ ।

यूरो नेपाली ब्राण्ड फिरिरिले स्पेनको बासिंलोनामा फेशन शोमा क्याटवाक गर्दै मोडलहरु,स्पनिस फेशन डिजाइन मार रोड्रिजले तयार पार्नुभएको डिजाइनमा मोडलहरुले नेपाली उत्पादनको प्रदर्शन गरेका हुन् । उक्त शोमा रातो, हरियो, कालो र क्यामेल रङ्का विभिन्न पोशाकहरु प्रदर्शन गरिएको थियो ।

प्रदर्शनीमा प्रस्तुत गरिएको फेशन नेपालकै डिजाइन विश्व गौतमले गर्नुभएको थियो । काठमाडौँ र बार्सिलोनाको संयुक्त प्रस्तुती समेत सो अवसरमा देखाइएको थियो । बार्सिलोना र काठमाडौँका विभिन्न शो रुममा फिरिरिका उत्पादनहरु खरिद गर्न सकिनेछ । फिरिरिका डिजाइनहरु सादा, सुरुचीपूर्ण र आरामदायी रहेको छ ।

फिरिरिका ब्राण्ड निर्देशक लाउरा रोवर्टकाअनुसार फशेन दुनियाँमा फिरिरिका उत्पादन महत्वपूर्ण रहेको बताउनुभयो । नेपालकै बासँ, ढाका भेडाको उन, कटन प्रयोग गरी तयार पारिएको पोशाकको ढाँचा, विकास र उत्पादन संसारभरी नै गर्न लागिएको बताइएको छ ।

कम्पनीका प्रतिनिधि राजु थापाकाअनुसार नवीन ढाँचाका गुणस्तरयुक्त उत्पादन प्रस्तुत गरिएका कारण विश्व बजारमा नेपाली उत्पादनले बजार विस्तार गर्नेछ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्ने र बजार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको शो फेशन शो महत्वपूर्ण रहेको श्री थापाको भनाइ छ ।

firiri (2)  firiri (7) firiri (6) firiri (5) firiri (4) firiri (3)