२ कार्तिक २०८३, सोमबार

यी हुन् आफ्नै काकीको हत्या गर्ने युवक, परिवारद्धारा मृत्युदण्डको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Knife-mudor

महोत्तरी, १९ फागुन । आफ्नै काकीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका एक व्यक्तिलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान गरेको छ ।

जेल चलान हुनेमा जिल्लाको इटहर्वाकट्टी गाविस-७ बस्ने ३७ वर्षीय फुलो भन्ने फुलबाबु ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घर जग्गासम्बन्धी घरायसी विवाद हुँदा २०६८ साल असोज २२ गतेका दिन ठाकुरले आफ्नै काकी जिबछीदेवी ठाकुरलाई घरेलु धारिलो हतियार प्रयोग गरी हत्या गरेकोमा उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।

काकीका परिवारले ठाकुरलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग राख्दै छन् । काकीको हत्या गरी विगत तीन वर्षदेखि भारतमा लुकेर बस्दै आएका ठाकुर गत माघ २१ गते राति घर आएको थाहा पाउनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको विशेष प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरी ल्याएको थियो ।