२ कार्तिक २०८३, सोमबार

सिन्धुपाल्चोक दुर्घटनामा एकको मृत्यु, एक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चौतारा, १९ फागुन । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको बसेरीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा एकको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सिन्धुपाल्चोकको मार्मिङ-८ निवासी १७ वर्षीया निमाग्याल्जेन शेर्पाको उपचारका क्रममा आज बिहान बाँसबारीस्थित न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मन्जिल मुकारुङले जानकारी दिनुभयो । अर्का गम्भीर घाइते गाती-८ का पूर्णबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाह्रबिसेबाट तातोपानीतर्फ गइरहेको बा ४५ प ९७१७ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा ९ च २६६९ नं को टाटा जिपले गाती गाविसको बसेरी भन्ने स्थानमा सोमबार ठक्कर दिएको थियो । ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।