२ कार्तिक २०८३, सोमबार

संगीतकार अम्बर गुरुङलाई साथमा राख्दै डा. पाण्डेले भने– ‘नाम कमाउन मानिस मर्नैपर्छ ?’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr-Chakraraj-Pandey-Ambar-Gurung

काठमाडौँ, १८ फागुन । नेपालको राष्ट्रिय गानका संगीतकार एवं चर्चित संगीतकार अम्बर गुरुङको स्वास्थ्य अबस्थालाई लिएर वरिष्ठ चिकित्सक डा. चक्रराज पाण्डेले नेपाली समाजप्रति तिखो व्यंग्य गर्नुभएको छ ।

संगीतकार गुरुङको स्वास्थ्यस्थितिबारे जानकारी दिन सोमबार काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल निर्देशक डा. पाण्डेले गुरुङको अबस्थाप्रति गम्भीर बनेर सोचिदिन सबैलाई अपिल गर्नुभएको हो ।

‘अम्बर गुरुङ यो देशको ठूलो प्रतिभा हुनुहुन्छ । राष्ट्रिय हामीले उहाँलाई सम्मान गर्न सक्यौँ भने भोलि अरु प्रतिभालाई पनि सम्मान गर्ने बानी पर्छ । हामी जहिले पनि मानिस मरेपछि सम्झन्छौँ ।,’ डा. पाण्डेले भावुक हुँदै भन्नुभयो, अम्बर गुरुङलाई अहिले नै सहयोग र सहानुभूतिको जरुरी छ । उहाँले नेपालको संगीत क्षेत्रलाई पु¥याउनुभएको अतुलनीय योगदानको कदर उहाँ जीवितै हुँदा गरिन जरुरी छ । यो कुरा परिवारले भनेर भन्दा पनि हामी आफैले बुझेर गर्नुपर्छ ।’

डा. पाण्डेले संगीतकार गुरुङको स्वास्थ्यमा अपेक्षाकृत सुधार आए पनि बाँचुञ्चेल चिकित्सकको निगरानी र हेरचाह जरुरत रहेको बताउनुभयो । ‘हामीले सरकारलाई पनि घच्घचाउनुपर्छ । तर, सरकारले उहाँको बारेमा निर्णय गर्न ढिलो ग¥यो भने पनि हामी उहाँको उपचारमा ढिलो गर्दैनौँ ।’, डा. पाण्डेले भन्नुभयो, ‘समस्या परे हामी बिनाखर्च उपचार गर्न तयार छौँ । यो कुनै राजनीति होइन्, यो हाम्रो कर्तव्य हो ।’

गत फागुन ७ गते बुढानिलकण्ठस्थित घरमा अचानक लडेपछि संगीतकार गुरुङलाई उपचारका लागि ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उहाँका स्वास्थ्यमा अहिले निकै सुधार आएको छ । ‘सुरुमा दिमागमा चोट लागेको आशंका थियो । सिटी स्क्यान गर्दा पनि पनि दिमागमा रगत जमेको भेटियो । तर, उहाँको दिमागमा चोट भने रहेनछ ।’, उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा अमित थापाले भन्नुभयो, ‘अहिले उहाँ अलिअलि बोल्ने र ठट्टा गर्न सक्ने हुनुभएको छ ।’

संगीतकार गुरुङ विगत सात बर्षदेखि पार्किन्सन्स र मधुमेहबाट पीडित हुनुहुन्छ । पार्किन्सन्स रोगका कारण उहाँ थाहा नपाइ लड्नुहुन्छ । ‘माइक समात्दा हात काम्ने, बोली स्पष्ट हुँदाहुँदै पनि लरबिरने आदि लक्षण पार्किन्सन्सका प्रारम्भिक लक्षण थिए । त्यसैका कारण लड्नु भएको हो ।,’ ग्राण्ड अस्पतालकै वरिष्ठ न्यूरो फिजिसियन राजु पौडेलले भन्नुभयो, ‘विगत छ महिनादेखि उहाँमा पार्किन्सन्स बढेको पाइयो । अस्पताल ल्याउँदा उहाँको हिँडन सक्ने अबस्था थिए । राति झस्किरहने, बर्बराउने, सुत्न नसक्ने समस्या थियो । त्यो समस्या समाधान भएको छ । हिँड्न सक्ने अवस्थामा पुग्नुभएको छ । तर, अब मुख्य कुरा अनन्तकालसम्ममा उहाँलाई अब कसरी सुरक्षित राख्ने भन्ने हो । यो चासो सिंगो देशलाई हुनुपर्छ । किनकी उहाँ यो देशको आइकन हो ।’ अहिले औषधिका कारण उहाँमा केही सुधार देखिए पनि भविष्यमा फेरि यस्तै समस्या आउन सक्ने उहाँले बताउनुभयो ।

Ambar-Gurung-Hospital

पत्रकार सम्मेलनमा संगीतकार गुरुङका छोरा, छोरी तथा आफन्त पनि उपस्थित थिए । उहाँका छोरा राजु गुरुङले नारायण गोपालका पुस्ताका एकजना मात्र जीवित अब अम्बर गुरुङ भएकाले उहाँका विषयमा गम्भीर बनिदिन सबैलाई आग्रह गर्नुभयो । ‘गाउने व्यक्तिका लागि बोलीको समस्या हुनु भनेको धेरै ठूलो समस्या हो । अब उहाँलाई बाँचुञ्जेल उपचारको जरुरी छ । त्यसको सबैभन्दा ठूलो चिन्ता हामीलाई यही छ ।,’ छोरा राजुले भन्नुभयो, ‘नारायण गोपालका पुस्ताका सबै बितिसक्नुभएको छ । नेपाली संस्कृतिलाई अझै पनि बचाइ राख्ने र भावी पुस्तालाई चिनाउनका लागि पनि उहाँ ठीक हुन जरुरी छ । त्यसो भयो भने हामी पुराना संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्छौँ ।’

संगीतकार गुरुङलाई सरकारले संगीत तथा नाट्यकला प्रतिष्ठानको प्रथम कुलपति बनाएको थियो । तर, त्यहाँबाट अवकाश पाएपछि उहाँ झन् रोगले सिथिल बन्न थाल्नुभयो । शारिरीक सक्रियता कम भएका कारण रोगले च्यापेको परिवारको भनाइ छ । अस्पताल भर्ना हुनुभन्दा २–३ दिन पहिला पनि उहाँ लड्नुभएको थियो, इमरजेन्सीमा राखेर उपचार गरेर घर फर्काइयो । तर, फेरि लड्नुभयो ।, राजु भन्नुहुन्छ, ‘उहाँ कुनैबस्तुमा अल्झेर लड्ने होइन्, । हिँड्दाहिड्दै त्यसै लड्नुहुन्छ ।’

सयौँ लोकप्रिय गीतहरुमा संगीत भर्नुभएका ७८ बर्षीय गुरुङले व्याकुल माइलाद्वारा लिपिबद्ध नयाँ नेपाली राष्ट्रिय गान लगायत सयौँ लोकप्रिय नेपाली गीतमा संगीत दिनुभएको छ ।