२ कार्तिक २०८३, सोमबार

केपी ओलीले भने–‘विपक्षीको गालीले एमाले ठूलो शक्ति प्रमाणित भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौँ, १८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य पार्टीमा रहेर पीडाको जीवन बिताउनुभन्दा आफ्नो पार्टीमा फर्कन पूर्व एमाले नेता–कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

एमालेबाट एमाओवादीमा प्रवेश गरी पुनः प्रवेश गर्नुभएका वामपन्थी नेता राधाकृष्ण मैनाली र सङ्घीय समाजवादीका उपाध्यक्ष भई पुनः पार्टीमा फर्कनुभएका विजय सुब्बालाई सोमबार केन्द्रीय सदस्यको शपथ खुवाउँदै अध्यक्ष नेता ओलीले एमालेमा फर्कने वा नवप्रवेशीलाई उचित सम्मान, सुरक्षा र क्षमताअनुसारको भूमिका दिइने विश्वास दिलाउनुभयो ।

मैनाली र सुब्बालाईस्थायी कमिटीको आइतबारको बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । तीस दलीय मोर्चाको यही फागुन १६ गतेको सभामा एमालेमाथि विपक्षी नेताले आक्रोश व्यक्त गर्नुलाई एमाले झन् बलियो पार्टी हुनाको प्रमाण भएको रुपमा व्याख्या गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “तीस दलीय मोर्चासँग भिड्न एमाले एक्लै तयार छ, ठूलो शक्तिसँग जुध्न नसकेपछि अहिले उनीहरू आँसु छारेर पीडा व्यक्त गर्दैछन् ।”

एमालेले कसैलाई सम्पति वा घर घडेरी दिन्छ भन्दै कार्यकर्ता तयार नगरेको स्पष्ट गर्दै उहाँले प्रलोभनका आधारमा अडिने शक्ति आफ्नो पार्टी नभएको जिकिर गर्नुभयो ।