– यज्ञप्रसाद सापकोटा
बर्दिया, १८ फागुन । बर्दियाको महम्मदपुर गाविसमा २० घरपरिवार बाढीपीडितलाई बाख्राका पाठी वितरण गरिएको छ ।
लुथरन वल्र्ड रिलीफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघले महम्मदपुर गाविसमा प्रतिघरपरिवार २ वटाका दरले बाख्राका पाठा वितरण गरेको हो ।
यस अघि दलित महिला संघले पदनाह र महम्मदपुरका ८४ घर परिवारलाई २ वटाका दरले बंगुरका पाठा वितरण गरीसकेको जनाएको छ ।
२ सय घरपरिवार बाढीपीडितलाई पशुपालन व्यावस्थापन तालिम दिई प्रतिघरपरिवार ५ हजारका दरले खोर निर्माणमा सहयोग गरेर बाख्रा र बंगुरको पाठा वितरण गरीएको कार्यक्रम संयोजक डम्बर सुनारले बताउनुभयो ।
बाढीपीडितहरुको आय स्तरमा सघाउ पुर्याउने उद्देश्यले बंगुर र बाख्राका पाठा वितरण गरेको दलित महिला संघकी अध्यक्ष विमला विकले बताउनु भयो ।
आगामी दिनमा पदनाह गाविसमा ९६ घरपरिवारमा बाख्राका पाठा वितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सुनारको भनाई छ । यस अघि ८ सय घरपरिवारलाई कृषि सम्बन्धी तालिम दिई कृषि वीउविजन वितरण गरेको थियो ।















प्रतिक्रिया