३० आश्विन २०८३, शुक्रबार

यी हुन् प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि तेजाव आक्रमण गर्ने युवक !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Acid-attack-Kathmandu

काठमाडौं, १८ फागुन । राजधानीमा दुई छात्रामाथि तेजाव खन्याउने आक्रमणकारीको खोजीमा नेपाल प्रहरीलाई ९५ प्रतिशत सफलता मिलेको गृह मन्त्रालयले दाबी गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले यही फागुन १० गते राजधानीमा दुई छात्रामाथि तेजाव खन्याउने आक्रमणकारीको व्यापकरुपमा खोजी भइरहेको र मोबाइलमा भएको कुराकानी तथा अन्य सूचनाका आधारमा प्रहरी आक्रमणकारीको ९५ प्रतिशत नजिक पुगेको जानकारी गराउनुभयो ।

व्यवस्थापिका–संसदअन्तर्गतको राज्यव्यवस्था समितिको आजको बैठकमा सांसदहरूले सो घटनाका दोषी हालसम्म किन पक्राउ नपरेको भनी प्रश्न गरेपछि गृहमन्त्री गौतमले घटनाको दोषीको खोजीमा भइरहेको प्रगतिबारे जानकारी गराउँदै दोषी छिट्टै पक्राउ पर्ने विश्वास दिलाउनुभयो ।

भ्यालेन्टाइन डेको दिनमा प्रेम प्रस्ताव अस्वीकार गरेको झोँकमा काठमाडौँको वसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको थियो । बस्नेतलाई लक्षित गरी छ्यापिएको एसिड लागेर रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर पनि घाइते भएकी छिन् ।

Acid-attack-Kathmandu1

सीमालाई भ्यालेन्टाइन डेका दिन कसैले प्रेम प्रस्ताव राखेको थियो । तर उनले अस्वीकार गरेकी थिइन् । त्यसैको बदला लिन उनीमाथि एसिड प्रहार भएको हुन सक्ने परिवारको अनुमान छ ।

सीमाको अनुहारमा नै एसिड परेको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

एसिड प्रहारबाट गम्भीर घाइते संगिताको भने वीर अस्पतालमा उपचार भइरहेको छ । संगिताको छाती र खुट्टामा गम्भीर चोट लागेको छ ।