२९ आश्विन २०८३, बिहिबार

क्यानको प्रस्ताव अष्ट्रेलियाले स्वीकार गर्‍यो, २८ चैतमा नेपाल अष्ट्रेलियासंग भिड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket-team

काठमाडौं, १८ फागुन । नेपाल क्रिकेट संघ (क्यान)को प्रस्ताव अष्ट्रेलियाले स्वीकार गरेको छ । नेपाल र अष्ट्रेलियाबीच मैत्रीपूर्ण क्रिकेट खेलका लागि पठाएको प्रस्ताव अष्ट्रेलिया राष्ट्रिय क्रिकेट टिमले स्वीकार गरेको हो ।

जसअनुसार नेपाल क्रिकेट संघ क्यानले सोमबार सार्वजनिक गरेको खेल तालिकामा अष्ट्रेलियासंग नेपाल २८ चैतमा घरेलु मैदानमा खेल्ने पक्का भएको छ । क्यानका कार्यवहाक महासचिव उत्तम कर्माचार्यले नेपाल र अष्ट्रेलियाबीचको खेल पक्का भएको जानकारी दिनुभयो ।

अष्ट्रेलियन ब्याट्सम्यान फिलिप हृयुजको खेलकै क्रममा बाउन्सर लागेर मृत्यु भएपछि क्यानले ह्युजको सम्झनामा नेपाल र अष्ट्रेलियाबीच क्रिकेट खेल्नुका साथै उनको ब्याट र जर्सी सगरमाथामा लैजाने प्रस्ताव राखेको थियो ।

अनुमति पाएपछि खेलको क्रिकेट बलले लागेर निधन भएका हृयूजको सम्झनामा नेपाल र अष्ट्रेलियाबीच खेल हुन लागेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने ६३ ओभरको खेलमा दुबै टीमले ३१.३ ओभरको इनिङ खेल्नेछन् । गत नोभेम्बर २५ मा हृयुज खेलमै क्रिकेट बाउन्सरले लागेर क्रिजमै ढलेका थिए । उनको उपचारका क्रममा निधन भएको थियो । क्यानका अनुसार ह्यूजको ब्याट र जर्सी सगरमाथामा पुर्‍याउन प्रक्रिया थालिएको छ ।