२ कार्तिक २०८३, सोमबार

थर्ड एलायन्सले भन्यो-‘तराईमा यातनाका घटना दोब्बरले बढ्यो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Third-alienceभैरहवा, १८ फागुन । तराई मानवअधिकार रक्षक संजालले (थर्ड एलायन्स) तराईमा गरेको अनुगमनमा विभिन्न किसिमका याताना बढेको पाएको छ ।

तराईमा मानवअधिकार क्षेत्रमा कार्य गर्दै आइरहेको थर्ड एलायन्सले तराई अनुगमन गरी सोमबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी टर्चर इन द तराई नामक पुस्तक विमोचन गरेको छ ।

भैरहवामा विमोचन भएको सो पुस्तकमा प्रहरीले दिएको विभिन्न किसिमका यातनालाई कथाको रुपमा प्रस्तुत गरिएको छ ।

तराईका कुल २० वटा याताना घटना रहेको सो प्रतिवेदनमा मोरङ प्रहरीले सन् २०१४को अक्टुबर २४ तारिकमा विना पक्राउ पुर्जी मोरङ सिजुवा बजारका ५७ वर्षीय मधु ताजपुरीयालाई गैरन्यायिक हिरासतमा राखी हत्या गरेको आरोपलाई समेत उल्लेख गरिएको छ ।

तराई मानवअधिकार रक्षक संजाल पश्चिमाञ्चलका प्रमुख शैलन्द्र हरिजनले सन् २०१४मा थर्ड एलाइन्सले तराईका जिल्लामा गरेको अनुगमन मध्ये रुपन्देहीमा सबैभन्दा बढी यातानाको घटनाहरु पाइएको बताउँछन् ।

त्यस्तै पश्चिमाञ्चल प्रमुख हरिजनका अनुसार क्रमशः दोस्रोमा बाँके, कपिलवस्तु, मोरङ, धनुषा, सिरहा, सर्लाही, सुनसरी, कन्चनपुर, रौतहट र दाङमा पनि यातानाको घटनाहरु पाइएको छन् ।

सन् २०१४ मा रुपन्देही जिल्लामा मात्र २१ वटा यातानाका घटनाहरु थर्ड एलायन्सले सार्वजनिक गरेको थियो भने चालु सन् २०१५को तिन महिना भित्र सबैभन्दा बढी रुपन्देही र कपिलवस्तु जिल्लामा ३/३ वटा याताना घटनाहरु सार्वजनिक भएका छन् ।

त्यस्तै सन् २०१४मा बाँकेमा १२ वटा, कपिलवस्तुमा ७, मोरङमा ४, घनुषा र सिराहामा ३।३, सर्लाही, सुनसरी र कन्चनपुरमा २।२ वटा रौतहट र दाङमा एक एक वटा यातानाका घटनाहरु थर्ड एलायन्सले सर्वाजनिक गरेको थियो ।

लुम्बिनी अञ्चलका प्रहरी प्रमुख एसएसपि गणेश केसीले थर्ड एलायन्स द्धारा प्रकाशित टर्चर इन द तराई नामक पुस्तक विमोचन गद्र्रै उनले कुनै पनि प्रहरी कर्मचारीेले याताना दिइएको पाइएमा कडा कार्यवाही गरिने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एसएसपी केसीले एक फरक प्रसङमा किसानको नाममा तस्करी मौलाएको कारण तस्करले अब छुट नपाउने बताए ।

त्यस्तै, कार्यक्रममा तराई मानवअधिकार रक्षक संजाल पश्चिमाञ्चलका प्रमुख शैलन्द्र हरिजनले तराईमा नेपाल प्रहरीले मानवअधिकारको व्यापाक उल्लंघन गरिरहेको बताए । उनले नेपाल प्रहरीको नारा (मुस्कान सहितको प्रहरी सेवा) नारामामात्र सिमित रहेको कारण मानवअधिकारको उल्लंघन भइरहेको बताए ।