२९ आश्विन २०८३, बिहिबार

सरकारी ग्यास चाहियो ? १५ दिनसम्म खाना नखानुहोस् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LP-gas-cilinderकाठमाडौं, १८ फागुन । नेपाल सरकार अन्तर्गत नेपाल आयल निगमको थोक विक्रेता नेशनल ट्रेडिङले सरकारी ग्यास पाउन १५ दिन खाना नखान भनेको छ । ट्रेडिङले प्रत्येक व्यक्तिलाई १५ दिनपछि ग्यास उपलब्ध गराएको खुलासा भएको छ ।

कपिला रिसर्च इन्स्टिच्यु फर पोलिसी एक्सन नामक गैरसरकारी संस्थाले हालै गरेको सर्वेक्षणअनुसार ४७ प्रतिशत उपभोक्ताले ग्यास अभावले खानै पाएका छैनन् । ४७ प्रतिशतमा प्राय विद्यार्थीहरु छन् ।

संस्थाले गरेको मतसर्भेक्षणअनुसार ग्यास अभाव हुँदा विद्युत् तथा सुक्खा खानेकुरा प्रयोग गर्ने उपभोक्ताको सङ्ख्या १५/१५ प्रतिशत रहेको छ । १४ प्रतिशत उपभोक्ता आफन्त वा साथीको भर पर्ने गरेका छन् ।

नयाँ सिलिन्डिरसहित ग्यास किन्ने उपभोक्ता १४ प्रतिशत तथा ग्यास किन्दा सिलिन्डर साट्ने उपभोक्ता २८ प्रतिशत रहेका छन् । त्यस्तै ५७ प्रतिशत परिवारसित एकवटा रित्तो सिलिन्डर तथा २१ प्रतिशत परिवारसित दुईवटा रित्ता सिलिन्डर रहेको सर्वेक्षणका क्रममा पाइएको छ ।

त्यस्तै सर्वेक्षणअनुसार एकदेखि दुईवटा सिलिन्डर प्रयोग गर्ने परिवार ६१ प्रतिशत, तीनदेखि चार सिलिन्डर प्रयोग गर्ने परिवार ३५ प्रतिशत तथा पाँचभन्दा बढी सिलिन्डर प्रयोग गर्ने परिवार चार प्रतिशत रहेका छन् । एक कम्पनीको सिलिन्डर प्रयोग गर्ने परिवार ४४ प्रतिशत, दुईवटा कम्पनीको सिलिन्डर प्रयोग गर्ने परिवार ४५ प्रतिशत र तीनवटा कम्पनीको सिलिन्डर प्रयोग गर्ने परिवारको सङ्ख्या ११ प्रतिशत रहेको छ ।

त्यस्तै ५४ प्रतिशत उपभोक्ताले वैकल्पिक ऊर्जाका रुपमा सोलारलाई रोजेका छन् । ३८ प्रतिशतले विद्युत् र आठ प्रतिशतले वायोग्यासलाई रोजेका छन् । ६५ प्रतिशत उपभोक्ताले ग्यास अभावको दोषी सरकारलाई ठहर्‍याएका छन् भने २० प्रतिशतले ग्यास डिलरलाई र १५ प्रतिशतले आयल निगमलाई दोषी ठह¥याएका छन् ।

ग्यास अभाव हुँदा उपभोक्ताले सामना गर्नुपरेका समस्याहरु, समस्याका कारण र समाधानका बारेमा उपभोक्ताको राय बुझ्न ‘कपिला रिसर्च इन्स्टिच्यु फर पोलिसी एक्सन’ ले गत फागुन ६ देखि फागुन १६ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँका कुल ४५० परिवारमा मतसर्वेक्षण गरेको थियो ।