२ कार्तिक २०८३, सोमबार

दलहरुबीच सहमति भएरै जेठ १५ मा संविधान आउछ : सञ्चारमन्त्री रिजाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra-Rijalविराटनगर, १८ फागुन । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले दलहरुबीच सहमति भए जेठ १५ गतेसम्ममा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै संविधानको सम्बन्धमा सम्पूर्ण काम गर्न चार महिना लाग्ने, यदि सहमति हुँदै गयो भने तीन महिनामै पनि संविधान निर्माण हुनसक्ने बताउनुभयो ।

उहाँले प्रतिपक्षीहरुसँग चाँडै वार्ता हुने र उहाँहरु वार्तामा आउने विश्वास व्यक्त गर्नुभयो ।

विगतमा भएका सहमतिकै आधारमा कार्य भइरहेको उल्लेख गर्दै मन्त्री रिजालले ‘‘एमाओवादीलाई हिंसाको बाटोबाट शान्तिको मार्गमा ल्याइएको र मुलुकलाई गरिबीबाट समृद्धितर्फ लग्ने दायित्व सबैको हो’’ भन्नुभयो ।