२ कार्तिक २०८३, सोमबार

जिप दुर्घटनामा भीरबाट खसेर झण्डै नौ जनाले ज्यान गुमाएका थिए !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

accident-geep

नवलपरासी, १८ फागुन । नवलपरासीको पहाडी गाविस मौनाघाटमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।

प्रहरीका अनुसार जिल्लाको अरुणखोलाबाट हुप्सीकोटतर्फ जाँदै गरेको लु१ज २१३४ नम्बरको जिप वर्षाका कारण गएराति अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुने अधिकांश हुप्सीकोट गाविस निवासी रहेका छन् । दुर्घटनामा परी घाइते हुनेहरुमा होमराज सेढाईं, नौ वर्षीया खुममाया ढेगा मगर, २१ वर्षीया हीममाया ढेगामगर, पाँच वर्षीय दिलजङ्ग सोमै, २५ वर्षीय छवि ढेगामगर, ५० वर्षीया नरमति दर्लामी, ५२ वर्षीया हुमसरा सोमई, २२ वर्षीय टेकबहादुर सारु र देवलाल ठाडामगर रहेका छन् ।

दुर्घटना गएराति भएको भए पनि विकट स्थानमा भएका कारण सूचना प्रवाहमा ढिलाइ भएकाले आजमात्रै प्रहरी दुर्घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।  घाइतेहरुको अहिले जिल्लाका विभिन्न स्थानमा उपचार भइरहेको छ ।