काठमाडौं, १८ फागुन । फुटबल स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको गोलमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आइतबार रातिको खेल बराबरीमा खेलेको छ ।
ला लिगामा रियल मड्रिडले भिल्लारियलसंग १–१ गोलको बराबरीमा खेलेको हो । यो संगै रियलको उपाधि यात्रा कठिन भएको छ । भिल्लारियलले रियल मड्रिडलाई १–१ गालको बराबरीमा रोकेपछि ला लिगाको उपाधि यात्रा कठिन सावित भएको हो ।
दोस्रो स्थानमा रहेको लियोनल मेसीको वार्सिलोनासंग ४ अंकको दुरी बनाएको रियल भिल्लारियलले बराबरीमा रोकपछि २ अंकमा झरेको छ ।
आइतबार राति रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले पहिलो हाफ गोलरहित बराबरी खेल्यो । तर, ५२ औं मिनेटमा एलिक बेलीले क्रिष्टियानो रोनाल्डोलाई फल गरेपछि घरेलु टोलीले पेनाल्टी पायो ।
मौका सदुपयोग गर्दै रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । तर, ६४ औं मिनेटमा जेरार्ड मोरेनोले भिल्लारियलका लागि बराबरी गोल फर्काए । खेलमा दुबै टोलीले केही अबसर पाए पनि गोल गर्न सकेनन् । खेलमा दुवै टिमले बराबरी खेल्दै अंक बाँडे ।
हिजोको खेल बराबरी खेलेपछि रियल मड्रिडको २५ खेलबाट ६१ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५९ अंक छ । अब उपाधि रक्षाका लागि वलिया टिम बार्सिलोना र रियल मड्रिड आगामी मार्च २२ मा भिड्ने छन् ।
प्रतियोगिताभरीको खेलमा राम्रो प्रदर्शन गरेर लिग लिडर बनेको रियल मड्रिडले राम्रो प्रदर्शन गर्न सके उपाधि जित्ने निश्चित छ ।













प्रतिक्रिया