२ कार्तिक २०८३, सोमबार

प्रक्रिया अघि बढाउन संविधानसभाको बैठक सूचारु गर्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan sabha vwan

काठमाडौं, १८ फागुन । माघ ८ को मितिमा नेपाली जनतालाई संविधान दिन असफल भएपछि दलहरु प्रक्रिया बढाउने तयारीमा लागेका छन् ।

एकीकृत नेकपा माओवादी लगायतका ३० दलिय मोर्चाको विरोधका वाबजुद सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रक्रिया बढाउने सहमति गरेका छन् । संविधान नबन्दा देश अस्तव्यवस्त भएको निष्कर्ष निकाल्दै सत्तारुढ दलहरुले संविधान निर्माण प्रक्रिया अगाडी बढाउने निर्णय गरेका हुन् ।

त्यसका लागि सत्तारुढ दलहरुले वार्ता र संविधानसभाको प्रक्रिया संगै सगैं अगाडी बढाउने भएका छन् । प्रक्रिया अगाडी बढाउन सत्तारुढ दलहरुले संविधान सभा बैठक सूचारु गर्ने तयारी पनि गरेका छन् ।

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई यस बारेमा जानकारी गराइसकिएको छ । तत्काल प्रक्रिया अगाडी बढाउनका लागि सभाध्यक्ष नेम्वाङलाई दलहरुले बैठक बोलाउन आग्रह गरेका छन् ।

काँग्रेस र एमालेका शीर्ष नेताको हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकले विपक्षी मोर्चाको मागबमोजिम संविधान निर्माणको प्रक्रिया स्थगन गरेर संविधानसभा बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिए पनि मोर्चाका दलहरु वार्ताका लागि तत्पर नदेखिएका सम्बन्धमा समीक्षा भएको नेताहरुले बताएका छन् ।

बैठकमा संविधानसभाका कामकारबाही नियमित अघि बढाउने सहमति भएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । ‘वार्ता र प्रक्रिया संग संगै बढाउने निर्णय भयो’ उहाँले दैनिक नेपालसंग भन्नुभयो, ‘एमाओवादीलाई धेरै पर्खने स्थितीमा छैनौं ।’

गत माघ ५ संविधानसभामा विपक्षी दलबाट भएको तोडफोडको घटनापछि प्रमुख दलबीच द्विपक्षीय र बहुपक्षीय बैठक हुन नसकेका बेला प्रमुख दुई दलबीच रोकिएको वार्ता र संविधानसभालाई सँगसँगै अघि बढाउने सम्बन्धमा सहमति भएको हो ।

विपक्षी दलको मागबमोजिम यही फागुन १६ गतेसम्मका लागि संविधान निर्माण प्रक्रिया र संविधानसभाको बैठक स्थगन गरिएको भए पनि छिट्टै बैठक बोलाउने प्रक्रिया अघि बढाइने सहमति भएको महासचिव पोखरेलले बताउनुभयो ।