२ कार्तिक २०८३, सोमबार

लगातारको वर्षासंगै बढेको चिसोले कार्यालय प्रमुखको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १८ फागुन । अविरल वर्षासँगै बढेको चिसोले गोरखामा एकजनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गतको गोरखा नगरपालिका-७ आहालेस्थित रानीस्वाँरा उपस्वास्थ्य चौकीमा कार्यरत ४२ वर्षीय तिलकबहादुर बस्नेतको गएराति मृत्यु भएको हो ।

गोरखा नगरपालिका–७ आहालेस्थित ठाडो बाटोमा मृत अवस्थामा बस्नेतको शव स्थानीयले देखेपछि आज बिहान जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए ।

रातभरको चिसोले गर्दा बस्नेतको मृत्यु भएको अनुमान गरिएको छ । आइतबार दिउँसो अत्याधिक मादकपदार्थ सेवन गरेर उपस्वास्थ्य चौकी पुगेका बस्नेत साँझपख गोरखा नगरपालिका–४ स्वाँरास्थित आफ्नो घर जान कार्यालयबाट निस्केका थिए । अविरल वर्षाले गर्दा ठाडो बाटोमा लडेपछि उनको मृत्यु भएको हो ।

शवलाई परीक्षणका लागि गोरखा जिल्ला अस्पताल ल्याएको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो