२ कार्तिक २०८३, सोमबार

म्याग्दीका उच्च पहाडी क्षेत्रमा वर्षासँगै बाक्लो हिमपात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himpatम्याग्दी, १८ फागुन । म्याग्दीका उच्च पहाडी क्षेत्रमा आइतबार दिउँसोदेखि बाक्लो हिमपात भएको छ ।

जिल्लाका गुर्जा, मुदी, लुलाङलगायत क्षेत्रमा बिहानैदेखि पानी परेको र पानीसँगै हिमपात पनि भएपछि जनजीवन प्रभावित बनेको मुदीकी सामाजिक परिचालिका एजिना रोकाले जानकारी दिनुभयो ।

म्याग्दीलगायत धौलागिरि अञ्चलका चारवटै जिल्लामा आइतबार विहानदेखि वर्षा भइरहेको छ ।

उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि चिसो बढेकाले वृद्धवृद्धा र पशु चौपायालाई समस्या भएको स्थानीयवासीले बताएका छन् ।

गुर्जाको लेकमा बाक्लो हिमपात भइरहेको छ ।

पानी परेपछि गहुँलगायत हिउँदेबाली राम्रो हुने हुँदा तल्लो भेगका कृषक भने खुसी भएका छन् ।