१ कार्तिक २०८३, आइतबार

अब वाईसिएलले भ्रष्टाचारीलाई कारबाही गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

YCL-Kathmanduकाठमाडौं, १८ फागुन । एमाओवादीको भ्रातृ संगठन वाईसीएलले भ्रष्टाचारी, तस्करी, कालाबजारीबिरुद्ध कारबाही अघि बढाउने निर्णय गरेको छ ।

वाईसीएल केन्द्रीय समिति बैठकले शान्ति प्रक्रियामा आएलगत्तै सञ्चालन गरेको अभियान फेरि थाल्ने निर्णय गरेको कान्तिपुर दैनिकले छापेको छ ।

‘भ्रष्टाचार, तस्करी, कालाबजारी, कृत्रिम अभाव, महँगी, यातायात भाडा वृद्धिलगायत जनसरोकारका विषयहरूमा संघर्षको विकास गर्न एक हप्ताभित्र ठोस योजना बनाउने’ अध्यक्ष गणेशमान पुनद्वारा विज्ञप्तिमा भनिएको छ, ‘देशव्यापी रूपमा सरकारी कामकाज, विकास निर्माणलगायत क्षेत्रमा भएका भ्रष्टाचार, अनियमितता, अव्यवस्थाको विरुद्ध आमजनतासहित संघर्ष गर्ने ।’