गौशाला, १७ फागुन । महोत्तरी जिल्लामा अध्यापन अनुमतिपत्रको परीक्षा अरुको नाउँमा दिइरहेका दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको लक्ष्मीनियाँ गाविस–६ बस्ने ३६ वर्षीय रञ्जीतकुमार महतो र २२ वर्षीय दिनेश साह रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
जिल्ला परीक्षा समन्वय समितिसँगै निरीक्षणमा गएको प्रहरी टोलीले उनीहरुलाई जिल्लाको दुईवटा परीक्षा केन्द्रबाट पक्राउ गरेको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले बताउनुभयो ।
सो परीक्षामा विभिन्न परीक्षा केन्द्रमा चिट चोर्दै गर्दा पक्राउ परेका ४८ जना परिक्षार्थीलाई निस्काशन गरिएको छ भने छजनाको परीक्षा रद्द गरिएको छ ।
महोत्तरीमा यसपल्ट अध्यापन अनुमति परीक्षामा निमावितर्फ एक हजार ८८९ र मावितर्फ १८० जना गरी कुल दुई हजार ६९ जनाले फाराम भरेकामा १४६ जना अनुपस्थित रहेको बताइएको छ ।















प्रतिक्रिया