– रामसुन्दर आचार्य
काभ्रे, १७ फागुन । पछिल्लो समय राजधानी र यस आसपासका क्षेत्रमा अवैद्य रुपमा डलरको कारोवार बढ्दै गएको छ । थोरै रकममा धेरै डलर साट्ने बहाना बनाउँदै नक्कली डलर प्याड बनाएर लुटपाट गर्दै ठग्ने गिरोहहरु सक्रिय भएको पीडितहरुले बताएका छन् ।
राजधानी वा नजिकका स्थानहरु काभ्रे सिन्धुपाल्चोक धादिङ र नुवाकोट सम्म उनिहरुले ठगिको थलो बनाएको पीडितहरुको गुनासो छ । केहि साता अगाडी काभ्रेको धुलिखेल, साँगा र सिन्धुपाल्चोकको मेलम्चीमा उनिहरुले प्याड देखाउँदै लुटेका घट्ना सार्वजनिक भएको थियो ।
लुटपाटमा सक्रियहरुलाई नियन्त्रणमा लिन प्रहरीले ठुलो प्रयास गरे पनि कुनै सफलता हात पार्न सकेको छैन् । अवैध डलरको कारोवार बढेपछि सुरक्षा निकायले निगरानी बढाएको हो । यसै विषयमा अञ्चल प्रहरी प्रमुख एसएसपी सुदिप आचार्य त्यो ठगिको जालो र राजमार्गमा हुने अवैद्य क्रियाकलापलाई तोडिने बताउनुभएको छ ।
‘डलरको त्रास फैलिएको छ, मैले मातहातका प्रहरीहरुलाइ निर्देशन दिएको छु,’ वरिष्ठ प्रहरी उपरीक्षक आचार्यले भन्नुभयो, ‘राजमार्गमा समेत विषेश सुरक्षा दिनका लागि निर्देशन दिएको छु । हामी देश र जनता कै लागि खडा भएका हौँ । अवैद्य काम गर्ने कसैलाई अधिकार छैन् । हामीले कानुनको पालना नगर्नेलाई कानुनीको बाटोमा हिड्न सिकाउँने हो ।’
उहाँका अनुसार राजधानी लगायत आसपासका क्षेत्रमा सादा पोशाकमा प्रहरी समेत खटाइएको छ । डलर कारोवार तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले रातदिन निगरानी बढाएको एसएसपी आचार्यको भनाई छ ।
















प्रतिक्रिया