२९ आश्विन २०८३, बिहिबार

सागर थापाको गोलको सम्झना गर्दै मेगा बैंकका सिइओबाट एक लाख रुपैंयाको सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega-CEO_Support-Sagar-Thapa-Final

काठमाडौं, १७ फागुन । मेगा बैंक नेपाल लिमिटेडका सिइओ अनिलकेशरी शाहले नेपाली फुटबल टोलीका कप्तान सागर थापालाई प्रोत्साहन स्वरुप एक लाख रुपैंयाबाट सम्मान गर्नुभएको छ ।

आइतबार मेगा बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मेगा बैंकका सिइओ शाहले व्यक्तिगत रुपमा एक लाख रुपैंया नगद प्रदान गर्नुभएको हो । भारतको नेहरु रंगशालामा सातौं साफ च्याम्पियनसिपमा सागरले गरेको बंगलादेशविरुद्धको फ्रिकिक गोलको सम्झना गर्दै सिइओ शाहले भन्नुभयो, ‘फुटबल धेरै हेरिन्छ, त्यो गोल एकदम मिठो थियो । अब भारतसँग राम्ररी खेल्नुस्, जितेर आउनुस् । फुटबल टोलीको कप्तानको रुपमा जितका लागि सागरजीको भूमिका निकै ठूलो हुन्छ ।’

नेपाली टोलीले सन् २०१८ को विश्वकप र २०१९ को एसियन कपको प्रारम्भिक छनोट चरणको खेलमा आगामी मार्च १२ तारिख अर्थात फागुन २८ गते भारतको गुहाटीमा दक्षिण एसियाको बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्दैछ । त्यसको पाँच दिनपछि मार्च १७ तारिखमा घरेलु मैदान त्रिभुवन रंगशालामा नेपालले होम गेम खेल्दैछ ।

Mega-CEO_Support-Sagar-Thapa-Final1

नेपाललाई १२ बर्षपछि सेमिफाइनलमा पु¥याउन सफल नेपाली टोलीका कप्तान सागर थापाले पनि बंगलादेशविरुद्धको सनसनीपूर्ण गोलको सम्झना गर्नुभयो । नेपालको जितका लागि आफूले सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो । ‘अहिलेसम्म तयारी राम्रो छ, जितका लागि हामी भारतसँग आक्रमक खेल खेल्नेछौँ ।’ – उहाँले बताउनुभयो ।

यसैगरी, नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफ्यानोक्सीले भारतसँगको खेल अघि खेलाडीलाई सम्मानलाई सम्मान गरिनुले सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतलाई जित्नु हाम्रो सपना हो । आशा गरौं, हामी अवश्य जित्छौँ ।’

Mega-CEO_Support-Sagar-Thapa

भारतसँगको खेलका लागि नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा छ । एन्फाका कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले कप्तान थापालाई गरिएको सम्मानले नेपाली टोलीलाई हौसला मिल्ने बताउनुभयो । कार्यक्रममा नेपाली टोलीका टिम म्यानेजरको पनि उपस्थिति थियो ।