खोटाङ, १७ फागुन । विवाह भोज खान गएर फर्किएका खोटाङका एक पुरुष मृत फेला परेका छन् ।
आफन्तको घरमा विवाहको भोज खाएर फर्किएका दिक्तेल नगरपालिका–१ का ४२ वर्षीय खिला घिमिरे शनिबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मनोज यादवले बताउनुभयो ।
घिमिरेको शव बाटोदेखि ३० मिटर तल भेटिएको थियो । शव जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेर आफन्तलाई जिम्मा लगाएको प्रनानि यादवले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया