काठमाडौं, १७ फागुन । प्रविधिको विकाससंगै नेपालमा पनि नयाँ प्रविधियुक्त मोबाइलहरु भित्र्न थालेका छन् । यही क्रममा भारतको ख्याती प्राप्त मोबाइल ब्राण्ड सेक्लन नेपाली बजारमा आएको छ ।
नेपाल स्थित नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स प्रालि ले सेलकनलाई नेपाली बजारमा ल्याएको हो । नेक्स्टले आइतबारदेखि नेपालको राजधानी लगायत अन्य शाखाहरुबाट बिक्रि वितरण कारोवार सुरु गरेको छ ।
भारत, बंगलादेश, श्रीलंका लगायतका मुलुकमा लोकप्रिय यो ब्राण्ड पहिलोपटक नेपाल आएको हो । सेलकनले एकैचोटी झण्डै एक दर्जन मोडल नेपाली बजारमा उतारेको छ । जसमध्ये क्यु ४५५, क्यु ५०० अल्ट्रा, क्यु ५, ए २०, ए ३५४ सि, ए ११५, सि ५ एस, सि ६०९ स्टार, सि ५ प्लस, सि ३४४ रहेका छन् ।
नेक्स्ट जेनेरेशनले सेल्कन मोबाइल उपत्यका लगायत नेपाल भरका २ दर्जन बढी अधिकृत बिक्रेता मार्फत कारोबार शुरु गरिसकेको छ । मोबाइल सेटमा एक बर्ष वारेन्टी सहित ब्याट्रीमा ६ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी पनि दिएको जनाएको छ ।
काठमाडौंको न्युरोड, कलंकी, बानेश्वर, कोटेश्वर, ललितपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, बिरगंज, जनकपुर, लहान, राजबिराज, इटहरी, धरान, दमक, बिर्तामोड, धनगडी, नेपालगंज, सुर्खेत, दाङ, बुटवल, पोखरा, दमौली र दोलखाको चरिकोटमा अधिकृत बिक्रेताहरु मार्फत कारोबार भइरहेको जनाएको छ ।
भारतीय मोबाइलले बर्चश्व जमाएको नेपाली बजारमा सेल्कन ब्राण्डले छोटो समयमा नै अग्रस्थान ओगट्नेमा बिश्वस्त रहेको नेक्स्ट जेनेरेशनका प्रबन्ध निर्देशक शरद भट्टराइले बताउनुभयो ।
बिक्रिपछिको सुबिधालाई बिशेष ध्यान दिएको कम्पनीले न्युरोडको ताम्राकार कम्प्लेक्समा सर्भिस सेन्टर खोलिसकेको छ । सुन्धारामा रहेको सिटिसी मोबाइल बजारमा पनि सर्भिस सेन्टर रहने तथा आबश्यकता अनुसार यसलाई अन्य स्थानमा पनि बिस्तार गरिने नेक्स्ट जेनेरेशनले जनाएको छ ।
एन्ड्रोइड किटक्याट भर्सनमा चल्ने क्यु ४५५ स्मार्टफोनमा १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सल रियर क्यामेरा सँगै फ्लास लाईट, १.२ क्वार्डकोर प्रोसेसर, ४.५ क्युएचडी आइपिएस डिस्प्ले, १ जिबी ¥याम, दुइवटा सिमलाग्ने र २ हजार एमएएच ब्याट्री रहेको छ ।
यसैगरि क्यु ५०० अल्ट्रामा २ जिबी ¥याम, १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सल ब्याकक्यामेरा, २ मेगापिक्सल फ्रन्ट क्यामेरा, ३२ जिबी सम्म मेमोरी थप्न सकिने, २५०० एमएएचको ब्याट्री, १.२ क्वाडकोर प्रोसेसर र १२.७ सिएम एचडि स्क्रिन सहितका फिचर रहेको कम्पनीले जनाएको छ ।
बारफोनदेखि उत्कृष्ट स्मार्टफोन रहेको सेल्कन ब्राण्ड नेपाली उपभोक्ताका लागि सुहाउँदो भएको नेक्स्ट जेनेरेशनका बजार प्रमुख उमेश अधिकारीले बताउनुभयो । यसअघि ताम्राकार कम्पलेक्सले ग्राहकलाई विशेष छुटको योजना समेत सार्वजनिक गरेको थियो ।













प्रतिक्रिया