३० आश्विन २०८३, शुक्रबार

प्रचण्डको अभिव्यक्तिमा ईश्वर पोखरेलको जवाफ-‘एमाओवादी समाप्त हुनु अनिवार्य छ’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-Pokhrelकाठमाडौं, १७ फागुन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाओवादी समाप्त हुनु अनिवार्य भएको बताउनुभएको छ ।

शनिवार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुँडिखेलमा आयोजित खबरदारीसभामा ‘एमालेको औचित्य छैन्, कांग्रेसमा घुसे हुन्छ’ भन्ने अभिव्यक्तिको खण्डन गर्दै महासचिव पोखरेलले एमाओवादी समाप्त हुनु अनिवार्य भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो-‘कांग्रेस एमालेको प्रगतिबाट एमाओवादी बर्बराहट भएको छ, अब एमाओवादी समाप्त हुनु अनिवार्य छ ।’ खबरदारीसभामा आफ्ना एजेण्डा नभएको एमाओवादीले सत्तारुढ दलहरुलाई सत्तोसराप गर्नमै समय विताएको उहाँको आरोप छ ।

‘बीस-पच्चीस हजार मान्छेहरूका वीचमा प्रायः सबै वक्ताहरूले नेकपा एमाले र खासगरी त्यसका अध्यक्षलाई प्रहारको तारो बनाए । उनीहरू प्रायः सबैले ‘एमालेको अब अस्तित्व छैन’ भनेर किटान गरे । तर आफ्नो सम्पूर्ण समय भने एमालेलाई सत्तोसराप गर्नमै समय खर्चिए । यो बर्बराहटको नेतृत्व भने पुष्पकमल दहालले गरे ।’ महासचिव पोखरेलले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

उहाँले एमाओवादीले सामाजिक फासिवादको आत्मा बोकेर अराजकता, अस्तव्यस्तता र औसरवादको नांगो अभ्यासमा डुबेको आरोप लगाउनुभयो ।

‘माओवादीहरू सम्पूर्ण रूपमा लोकतान्त्रिक भएर सुध्रिनुपर्ने नत्र सकिनुपर्ने अपरिहार्य विकल्पको डिलमा उभिएका छन्’ उहाँले भन्नुभयो, ‘एमाओवादीहरू बर्बराहट बन्द गर । पहिले त रूपान्तरित होऊ, होइन भने समाप्त हुनु अनिवार्य छ भनेर बुझ ।’

शनिवार खबरदारीसभामा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले एमालेको औचित्य छैन्, कांग्रेसमा घुसे हुन्छ भनेका थिए । पछिल्लो समय एमाओवादी र एमालेबीच भाषणमा अरोपप्रत्यारोप चल्दै आएको छ ।

-एमाले महासचिव ईश्वर पोखरेलको टिप्पणी जस्ताको तेस्तै :

पुष्पकमल दहालको नेतृत्वको एमाओवादीको बर्बराहट र अपरिहार्य विकल्प :- शनिवार एमाओवादीको नेतृत्वको तीस दलीय मोर्चाको सभाको हविगत देखियो । लाखौंको संख्यामा जनता उपस्थित हुने डिंग हाकिए पनि देशभरिबाट ओसारिएका तीस दलको सम्पूर्ण शक्ति लगाएर जम्मा गरिएका वीस–पच्चीस हजार मान्छेहरूका वीचमा प्रायः सबै वक्ताहरूले नेकपा एमाले र खासगरी त्यसका अध्यक्षलाई प्रहारको तारो बनाए । उनीहरू प्रायः सबैले ‘एमालेको अब अस्तित्व छैन’ भनेर किटान गरे । तर आफ्नो सम्पूर्ण समय भने एमालेलाई सत्तोसराप गर्नमै समय खर्चिए । यो बर्बराहटको नेतृत्व भने पुष्पकमल दहालले गरे । सामाजिक फासिवादको आत्मा बोकेर अराजकता, अस्तव्यस्तता र औसरवादको नांगो अभ्यासमा निर्लिप्त माओवादीहरू कित सम्पूर्ण रूपमा लोकतान्त्रिक भएर सुध्रिनुपर्ने कि सकिनुपर्ने अपरिहार्य विकल्पको डिलमा उभिएका छन् । एमाओवादीहरू बर्बराहट बन्द गर । कित रूपान्तरित होऊ, होइन भने समाप्त हुनु अनिवार्य छ भनेर बुझ ।

यो पनि पढ्नुहोस्
जनसभामा प्रचण्डले भने–‘एमाले पार्टीको औचित्य छैन्, कांग्रेसमा घुसे हुन्छ’