२ कार्तिक २०८३, सोमबार

क्यान्सरका बिरामीलाई डेढ करोड सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १७ फागुन । लायन्स क्लब इन्टरनेसनल ३२५ बिटू नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ ।

बैठकको उद्घाटन गर्दै सो संस्थाका पूर्वगभर्नर सञ्जय खेतानले आफूहरुले नेपाल तथा विभिन्न देशमा सामाजिक रुपमा काम गर्दै आएको र आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो ।

सो बैठकले भरतपुर क्यान्सर अस्पतालका बिरामीका लागि करिब रु डेढ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

नेपालका विभिन्न स्थानमा भौगोलिक विकटता, आर्थिक रुपमा विपन्न, आँखाका रोगीलाई सहयोग तथा त्यस्ता रोगीलाई क्लबले शिविर सञ्चालन गर्दै आएको छ ।

बैठकमा देशभरिबाट गरी करिब ७०० प्रतिनिधि सहभागी रहेको बताइएको छ ।