काठमाडौं, १७ फागुन । बाहिर सडक र गल्लीहरुमा जमेको ३ फिट हिँउ पग्लिने कुनैछाँट छैन ।
पुष महिनाको मुटु छेड्ने चिसोमा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ शहर झनझन् कठ्याग्रिदै थियो ।
रातको ११ बजेको हुदोँ हो । रंगीबिरंगी मधुरो प्रकाश र चर्को ध्वनीले बारमा डिस्कोथेकको झल्को दिन्थ्यो ।
५ जना नेपाली युवती तिब्बती र चिनियाँ ग्राहकसँग मस्कीमस्की नाच्दै थिए । उनीहरु अर्धनग्न अवस्थामा थिए ।
नेपालबाट गएका ठूलावडा भनिनेहरु पनि यी बारका गतिला ग्राहक रहेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
जतिजति रात छिप्पिदैँ गयो, उति नै वातावरण उत्तेजित हुँदै गएको थियो । बिहान ५ नबज्दै डान्स फ्लोरबाट युवतीहरु हराउँदै गएँ ।















प्रतिक्रिया