२९ आश्विन २०८३, बिहिबार

बुढासुब्बा गोल्डकपमा धरानको विजयी सुरुवात

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballइटहरी, १६ फागुन । शनिवारदेखि सुरु भएको १७औँ रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा आयोजक क्लब धरानले लिस्नु क्लब रुपन्देहीलाई ४–० गोल अन्तरले पराजित गरेकोे छ ।

विजेता धरान क्लबका तर्फबाट सुरुवातीको २०औँ मिनेटमा एड्रिक अब्बाले पहिलो गोल गरेका थिए भने मध्यान्तरपछिको ५३औँ मिनेटमा निधन खड्का, ६४औँ मिनेटमा प्रकाश बुढाथोकी र अन्तिम समयमा शशि राईले गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत भोलिको दोस्रो खेल त्रिभुवन आर्मी क्लब काठमाडौँ र पोखरा–११ कास्कीबीच हुनेछ ।