मुम्बई । भारतमा स्वाइन फ्लूबाट स्वास्थ्यमन्त्री नै संक्रमित भएको खबर बाहिर आएको थियो । अहिले भारत सहित नेपालका विभिन्न ठाउँमा स्वाइन फ्लू तिव्र रुपमा फैलिरहेको छ ।
नेपालमा ५० भन्दा बढीमा स्वाइन फ्लूको संक्रमण पाइएको छ । यसरी सर्वत्र फैलिरहेको स्वाइन फ्लू को संक्रमणमा बलिउड अभिनेत्री सोनम कपुर परेको खबरहरु सार्वजनिक भएका छन् ।
सोनम कपुरलाई स्वाइन फ्लूको संक्रमण भएको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निरन्तर खोकी सिकार भएकी सोनम अहिले अस्पतालमा उपचार गराइरहेकी छिन् ।
सोनमलाई स्वाइन फ्लू लक्षण देखिएपछि यस्तो खबर वाहिर आएको हो । केहि दिनअघि फिल्म ‘प्रेम रतन धन पायो’को सुटिङका क्रममा सोनम बिरामी भएकी थिइन् । विरामी भएर अस्पताल भर्ना भएर सोनमले रगत परिक्षण गराएपछि उनलाई स्वाइन फ्लू भएको हुनसक्ने समाचार आएको थियो ।
तर सोनमले त्यो समाचार गलत भएको भन्दै आफुलाई मौसमको कारण भाइरल भएको बताएकी छिन ।














प्रतिक्रिया