२९ आश्विन २०८३, बिहिबार

यो हप्ता नेप्सेमा सुधार, ८ अंकले बढ्यो !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepse

काठमाडौँ, १६ फागुन । लगातार तीन साता ओरालो लागेको नेप्से परिसूचक यो साता उकालो लागेको छ ।

गत साता नेप्से परिसूचकमा ७.२२ अङ्कले घटेको थियो । यो साता परिसूचक पहिलो दिनको तुलनामा ७.८ अङ्कले बढेर अन्तिम दिन ९७९.२७ अङ्कमा पुगेका एक्सचेन्जले जनाएको छ ।

यस साता स्टक एक्सचेन्जमा १७० कम्पनीका नौ हजार ४२२ कारोबारबाट रु एक अर्ब ३९ करोड २३ लाख ४० हजारबराबरका ३६ लाख ५३ हजार ४६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४८.०३ प्रतिशत बढी हो ।

गत साता १६६ कम्पनीका सात हजार ५७५ कारोबारबाट रु ९४ करोड छ लाख ८७ हजार बराबरका २३ लाख तीन हजार ९१० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

समूहगत यस वित्त कम्पनीको परिसूचक ३.९२ अङ्कले ओरालो लागेको छ भने व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन आएको छैन ।

अन्य समूहको परिसूचक भने सकारात्मक रहेको स्टक एक्सचेन्जले जनाएको छ । ‘क’ वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.५१ अङ्कले बढेर २०७.४८ अङ्कमा आइपुगेको छ ।

nepseयस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर अङ्ख्याका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यस साता चिलिमे हाइड्रोपावर कम्पनीको ४५ लाख ४२ हजार ७२० कित्ता, काष्ठमण्डप डेभलपमेन्ट बैंकको दुई लाख ६० हजार ७७२ कित्ता, ज्योति विकास बैंकको पाँच लाख १८ हजार कित्ता, छिमेक लघुवित्त विकास बैंकको सात लाख ३५ हजार ९३० कित्ता, नीलगिरि विकास बैंकको दुई लाख एक हजार ८६० कित्ता र नेपाल इन्भेष्टमेन्ट बैंकको ६२ लाख ४४ हजार ९६० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।