काठमाडौँ, १६ फागुन । काठमाडौँको नयाँ बानेश्वरमा दश बर्षे युद्धकालको झल्को दिने गरी एमाओवादीका कार्यकर्ताहरु प्रहरीविरुद्ध जाइलागेका छन् ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले आन्दोलनकारीलाई रोकेपछि झडप भएको हो । सुरुमा शान्तिपूर्ण रुपमा आएको जुलुस एमाओवादी मोर्चाको भाँटासहितको जुलुस आएपछि एकाएक तनाव मच्चिएको थियो । मोटरसाइकलमा भाँटा सहितका आएका युवाले प्रहरी निरीक्षक धर्म भण्डारीलाई मोटरसाइकलले हानेपछि दुवै पक्षबाट लाठी प्रहार भएको थियो ।
तस्वीरमा देखिएको यो दृश्य हो काठमाडौँको नयाँ बानेश्वरमा । दोहोरो झडपका क्रममा ढलेका सशस्त्र प्रहरीमाथि दर्जन आन्दोलनकारीहरु यसरी सशस्त्र प्रहरीको लाठी र अश्रुग्यास खोस्दै थिए । आन्दोनलकारीहरु युद्धकालको झल्को दिने गरी प्रहरी सामु प्रस्तुत भएका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि आफ्नो सम्पूर्ण शक्ति लगाएर आन्दोलनकारीलाई तितरबितर पारेको थियो ।
दोहोरो झडपमा नेपाल प्रहरीका इन्स्पेक्टर धर्म भण्डारी र सशस्त्र प्रहरीका इन्स्पेक्टर वीरबहादुर तामाङसहित २० जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।
यसैगरी, एमाओवादी अध्यक्ष प्रचण्डकी पुत्र रेनु दाहालसहित १५ जना घाइते भएका छन् ।
यो पनि पढ्नुस:
नारायणकाजीले झुक्याएकाले बानेश्वरमा झडप, हेर्नुस घाइतेहरुको हालत ! (फोटो फिचरसहित)
















प्रतिक्रिया