काठमाडौँ, १६ फागुन । दक्षिण कोरियामा भएको १७औँ एसियाली खेलकुदअन्तर्गत कराँते प्रतियोगितामा कास्य पदक जित्न सफल खेलाडी विमला तामाङलाई शनिवार सम्मान गरिएको छ ।
धादिङ-नुवाकोट समाज बेलायतबाट सङ्कलित रु दुई लाख आठ हजार नेपाली काँग्रेस धादिङका सभासद् दीलमान पाख्रिन, राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका सभासद् पर्शुराम तामाङ र धादिङ-नुवाकोट समाज बेलायत समाजका महासचिव हरिसिंह तामाङले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
सभासद् पाख्रिनले विश्वमा नेपालको नाम राख्ने यस्ता खेलाडीलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
समाजका महासचिव तामाङले विमला धादिङ र नुवाकोटको चेली मात्र नभई सारा नेपालीको चेली भएको बताउनुभयो ।
कार्यक्रममा तेक्वान्दो खेलाडी मनोज तामाङलाई पनि रु १५ हजारले सम्मान गरिएको थियो ।













प्रतिक्रिया