१ कार्तिक २०८३, आइतबार

सुरुमा ति किशोरीले समेत प्रहरीलाई सूचना लुकाईन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Acid-Ketiकाठमाडौ, १६ फागुन । राजधानीमा ट्युसन पढिरहेका दुई किशोरी माथी एसिड आक्रमण भएको एक साता बित्दा समेत त्यसका अभियूक्त पक्राउ पर्न सकेका छैनन् ।

आईतबार बसन्तपुरमा रहेका ए प्लस ट्युसन सेन्टरमा एसएलसी तयारीका लागि ट्युसन पढिरहेका दुई किशोरी संगिता मगर र सीमा बस्नेत माथी एक ब्यक्तिले कक्षा कोठा भित्रै प्रवेस गरेर एसिड प्रहार गरेका थिए ।

घाइते किशोरी बस्नेतको वीर र मगरको केएमसी अस्पतालमा उपचार भईरहेको छ । तर एसिड आक्रमण अभियूक्त अझै प्रहरी नियन्त्रण बाहिर छन् ।

महानगरीय प्रहरी कार्यालय प्रमुख अत्तिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले एसिड काण्ड प्रहरीका लागि समेत चुनौती भएको उल्लेख गर्दै चुस्त रुपमा अनुसन्धान भईरहेको दाबी गरे ।

‘हाम्रो सबै स्रोत साधन अनुसन्धानका लागि केन्द्रित गरेका छौ’  उनले भने ‘सुचना संकलनका लागि प्रहरी परिचालनलगायत अन्य प्रविधीको प्रयोग गरेर अनुसन्धान गरिरहेका छौं ।’

उनले सर्वसाधारणलाई त्यस्ता शंकास्पद ब्यक्ति कहि कतै भेटिए प्रहरीलाई खबर गरिदिन समेत अनुरोध गरेको कान्तिपुर दैनिकले छापेको छ ।

प्रहरी अधिकारीले एसिड आक्रमण ब्यक्तिगत रिसइबीका कारण भएको बताएका छन् ।

‘घटनास्थल लगायतका बिबरण हेर्दा यो ब्यक्तिगत रिसइबीका कारण घटेको घटना हो’ अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारीले भने ‘एकाबिहानै कक्षा कोठा भित्रै प्रवेस गरेर कसैलाई लक्षित गरेर फ्याल्नु ब्यक्तिगत बाहेक अन्य कुनै कारण देखिदैन ।’

प्रहरीले अपराधीलाई पक्राउ गर्न सबै सम्भावना खुल्ला राखेर अनुसन्धान गरिरहेको ति अधिकारीले बताए ।

प्रहरीले घटनास्थलमा उपस्थित तीन किशोरीको ब्यक्तिगत देखी पारिवारीक पृष्ठभुमी सबैलाई अध्ययन गरेको छ ।

घटनास्थलमा घाईते बाहेक अर्की एक किशोरी समेत उपस्थित थिईन् ।

सुरुमा प्रहरीले ति किशोरीलाई लक्षित गरेर हानिएको एसिड उनलाई परेको अनुमान गरेको थियो । तर अनुसन्धानले त्यस्तो देखाएन ।

सुरुमा ति किशोरीले समेत प्रहरीलाई सुचना लुकाईन् । उनले आफूले मोबाइल नै नबोक्ने गरेको बयान प्रहरीलाई दिएकी थिइन् ।

प्रहरीले लगातार ८ घण्टा अनुसन्धान पश्चात मात्र उनीसंग मोबाईल भएको तथ्य फेला पारेको थियो । त्यो मोबाईललाई आधार बनाएर अनुसन्धान गर्दा शंकास्पद केही नभेटिएको प्रहरीको भनाइ छ ।

‘घटनाका दोषी पत्ता लगाएर पक्राउ गर्न पूरै मिहेनत गरिरहेका छौ’ महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक उत्तमकुमार कार्कीले भने ‘घाइते किशोरीको स्वास्थ्य स्थितिका कारण समेत अनुसन्धानमा खासै प्रगती हुन नसकेको हो ।’

प्रहरीका अनुसार बस्नेतको बयानबाट खास केही खुलेको छैन । मगरको स्वास्थ्य स्थितिका कारण थप सोधपुछ गर्न सकेको छैन ।

‘बिरामीको अवस्थालाई हेरेर हामीले धेरै दबाब दिएर सोधपुछ गरेका छैनौ’ कार्कीले भने ‘सामान्य सोधपुछमा खास कुरा निकाल्न सकिएको छैन ।’

अहिलेको अनुसन्धानले मगरलाई नै लक्षित गरेर ति ब्यक्तिले एसिड फ्यालेको प्रहरीको भनाइ छ । तर के कारणले किन हानियो त्यसका बारेमा थप अनुसन्धान गरिरहेको छ ।

घाइतेले केही कुरा नखोली थप अनुसन्धान अघि बढ्न नसकेको प्रहरीको भनाई छ । बोल्न सक्ने भए पनि मगरको स्वास्थ्य स्थितीलाई हेरेर उनलाई समय दिइएको प्रहरी बताउँछ ।

प्रहरीले अनुसनधानका क्रममा घाइतेको परिवार, स्कुल, ट्युसन सेन्टरका साथीहरुलाई सोधपुछ गरेको थियो ।

अहिलेसम्म ६० भन्दा बढि ब्यक्तिसंग सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको सुरुवाती दिनमा अनुसन्धान महानगरीय प्रहरी बृत जनसेवाले गरेको थियो ।

तर जटिल बन्दै गएपछि अपराध महाशाखाले अनुसन्धान सुरु गर्न थालेको थियो ।

अनुसन्धानका लागि महाशाखाकी प्रहरी उपरिक्षक (एसपी) मीरा चौधरीको संयोजनमा तीन नायब उपरिक्षक (डीएसपी) र एक प्रहरी निरीक्षक राखेर अनुसन्धान समिती समेत बनाएको छ ।

दुई दिन अघि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल काठमाडौं परिसरमा पुगेर अनुसन्धान बिबरण लिएका थिए । त्योसंगै घाइतेलाई समेत भेटेका थिए ।