२ कार्तिक २०८३, सोमबार

युवाले अनुसन्धानका लागि छलफल चलाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । नेपालमा प्राणी सम्बन्धीको विकास र यसको भविष्य विषयमा राजधानीमा शुक्रबार युवाहरुले एक छलफल चलाएका छन् ।

युवाहरुको सक्रियतामा सञ्चालित साइन्टिफिक रिसर्च सोसाइटीले आयोजना गरेको छलफलमा सहभागी प्राध्यापक तथा विद्यार्थीहरुले नेपालमा प्राणी विज्ञानको अनुसन्धानको अवस्था र अनुसन्धानपछि हुने फाइदा तथा विश्व जगतमा प्राणीहरुको विकास क्रम एवं नेपालमा भएका विकास क्रमका बारेमा छलफल गरेका थिए ।

पूर्व विज्ञानमन्त्री गणेश शाहले नेपालमा प्राणी विज्ञानको अनुसन्धान गर्न ढिलाइ भएको बताए । उनले भने-‘प्राणी विज्ञान अनुसन्धान गर्न हामी अलि पछि परेका छौ, हाम्रो देशमा धेरै प्राणीहरुको अनुसन्धानलाई अगाडी लैजानु पर्छ ।

त्रिभुवन विश्वविद्यालयका प्राणी शास्त्र विभागका प्रोफेसर डा.मुकेश चालिसे, अस्कलकी प्रोफेसर डा.उषा लोहनी, अस्कल वातावरण विभागकी संगिता सुवेदी लगायतले प्राणी विज्ञानको खोज अनुसन्धान र यसको आवश्यकता माथी चर्चा गरेको आयोजक साइन्टिफिक रिसर्च सोसाइटीका अध्यक्ष हरिबोल आचार्यले बताए ।

सहभागी विद्यार्थीहरुले राज्यले खोज अनुसन्धान गर्नमा नयाँ विद्यार्थीहरुलाई सहयोग गर्नुपर्ने धारणा राखे ।

छलफलमा अमृत साइन्स क्याम्पस, त्रिभुवन विश्वविद्यालय पाटन क्याम्पस, ख्याप क्याम्पस र भक्तपुर क्याम्पस लगायतका साइन्स अध्यनरत विद्यार्थीहरुको सहभागी थियो ।