२ कार्तिक २०८३, सोमबार

यस्तो छ डुङ्गाबाट मूर्ति बनाउने कला (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4

– सन्दिप भट्ट
चितवन, १५ फागुन । ठूल्ठूला ढुङगाहरु । धुलाम्यै छन् कलाकारहरु पनि । स्टोन कटर, घन, छिना लिएर बिहानदेखि बेलुकासम्म काममा व्यस्तै देखिन्छन् । चितवनको चित्रवन नगरपालिका किरणगञ्ज स्थित रानीपोखरीमा तपाई पुग्नुभयो भने यस्तो दृष्य देख्नुहनेछ ।

२ जना महिला सहितका २१ कलाकार सबै ढुङगालाई आफ्नै किसिमको आकार दिन ब्यस्त छन् । सबैले आफ्नै ईच्छा अनुसारका मूर्ति तयार पार्दै छन् ।

उनीहरुलाई यो अवसर जुराईदिएको हो नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान एवं रानीपोखरी संरक्षण समिति चितवनले । फागुण ६ गतेदेखी २१ गतेसम्म उनीहरुले विभिन किसिमका मूर्तिहरु तयार पार्नेछन् । । पुरानो इतिहास बोकेको रानीपोखरीलाई मूर्तिको खुल्ला संग्रहालय बनाउने उद्देश्य स्वरुप यहां मूर्ति कार्यशाला सुरु भएको हो । उनीहरुले १५ दिन लगाएर विभिन्न आकृतिका मूर्तिहरु मूर्तिकारहरुले निर्माण गर्नेछन् ।

करिब ४ विगाहा क्षेत्रफलमा फैलिएको पोखरीलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व झल्काउन मुर्तिहरुले थप टेवा विश्वासका साथ कार्यशाला सुरु भएको हो । ललितकला प्रज्ञा प्रतिष्ठानले हालसम्म हर्नामाडी, बुटवलको फुलवारी, पोखरामा मूर्ति सम्बन्धि राष्ट्रिय कार्यशाला गरिसकेको छ ।

3जुगेडीबाट ल्याइएका ठुला ग्रेनाइट ढुङगहरु कुदेर मुर्तिकारहरुले नयाँ सृजना तयार गर्नेछन् । करीब ३७ लाखको लागतमा तयार हुने मूर्तिलाई रानीपोखरीको छेउछाउमा सजाएर राख्ने तयारीमा संरक्षण समिति लागिपरेको छ ।

संरक्षण समितिका अध्यक्ष सुरेन्द्र गुरुङले रानीपोखरीको क्षेत्रलाई धार्मिक, पिकनिक, पार्क क्षेत्रका रुपमा विकास गरी पर्यटकको चाप बढाउने योजनामा रहेको र यस कार्यशालाले यसलाई थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

२०५९ सालदेखि पोखरी संरक्षणको कार्य थालनी भएपनि बजेट अभावमा संरक्षण कार्य अघि बढाउन नसकिएको उनको भनाई छ । चितवन नगरपालिकाले १ लाख ७८ हजार बरावरको गुरुयोजना बनाएर संरक्षण गर्ने तयारी समेत गरेको छ ।

प्राचिन महत्व वोकेको पोखरीलाई विगतमा माछा पालन ठेक्कामा सञ्चालन गरी प्राप्त आम्दानीले तारवार तथा नयाँ संरचना विकास गरिएको संस्थापकहरुको भनाई छ । विगत २ वर्ष पहिले बनेको नयाँ संरक्षण समितिले पोखरी सरसफाई गरेको थियो ।

5भविष्यमा पोखरीमा जलचर प्राणी राख्ने, खानेपानी व्यवस्थापन लगायतका कामहरु गर्ने योजना छ । कार्यशालाको वारेमा जानकारी दिदै रानीपोखरी संरक्षण समितिका अध्यक्ष गुरुङ्ग भुगर्भविध डा. हर्क गुरुङ्गको शालिक निर्माण गरिने जानकारी दिए ।

‘राज्यले चिन्न नसकेको व्यक्तित्वको शालिक हामीले निर्माण गर्दै छौ’ अध्यक्ष गुरुङ्गले भने-‘यसले राज्यलाई नै चुनौंती दिएको छ ।’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्तिकला विभाग प्रमुख धनबहादुर याखाको संलग्नतामा शालिक तयार पार्न लागिएको उनले जानकारी दिए ।

2 1