२ कार्तिक २०८३, सोमबार

यी हुन चेलीवेटीलाई प्रलोभनमा पारेर सीमा कटाउने ‘अपराधी’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ARRESTरसुवा, १५ फागुन । जिल्ला अदालतले मानव बेचबिखन र ठगी गरेको अभियोगमा पक्राउ परेका दुई भारतीयलाई थुनामा राख्ने आदेश दिएको छ ।

अदालतका जिल्ला न्यायाधीश राजु खतिवडाको इजलासले भारत मोतीहारी जिल्ला निरपुर ग्रामपञ्चायत–४ चिरैयाथाना घर भई चार वर्षदेखि रसुवामा कपडा व्यापार गर्दै आएका १८ वर्षीय सञ्जितकुमार साह र ३८ वर्षीय चन्द्रकिशोर राउतलाई थुनामा राख्ने आदेश दिएको अदालतका स्रेस्तेदार ढाकाराम पौडेलले जानकारी दिनुभयो ।

घटनामा संलग्न मुख्य अभियुक्त राकेश साहको खोजी तीव्र पारिएको छ । व्यापारीको नाउँमा अभियुक्तले चिलिमेका दुई जनालाई भारतको राम्रो अस्पतालमा उपचार गराउने र विद्युत् सेयर बिक्री गरी घरमा राखिएको रु सात लाख १० हजारबाट भारतमा पाइने सस्तो सुन चाँदी खरिद गरी व्यापार गर्ने बहाना बनाई गौर हुँदै भारत पुर्‍याएको बताइएको छ । मुख्य अभियुक्त राकेश साहले नगदसमेत आफ्नो कब्जामा लिएको जनाइएको छ ।

भारतमा चेलीका पितासमेत साथमा थिए । भारतमा रहेका नेपालीको सहायताले माइती नेपालको सम्पर्कमा आफूहरु आउन सफल भएको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।

अभिभावकसहित चेलीलाई भारत लानुपूर्व अभियुक्त सबै स्याफ्रुबेँसीको एक होटलमा बसेको र मुख्य योजनाकार राकेशले उनीहरुलाई भारत पुर्‍याएपछि यहाँ रहेका मतियार सञ्जित र चन्द्रकिशोर आफ्ना सरसामान लिई भागेको अवस्थामा काठमाडौंँ नजिक तीनपिप्लेबाट पक्रिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।