२ कार्तिक २०८३, सोमबार

मोटरसाइकल दुर्घटनामा प्रहरी असईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १५ फागुन । झापाको सुरुङ्गा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक तिलकराम चौधरीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय गौरादह झापामा दरबन्दी भएर सुरुङ्गामा कार्यरत उनी बिहीबार राति इटहरी उपमहानगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परेका थिए । ना२ख ५८२८ नंको ट्रकले उनी सवार को५प ६६१५ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका नायब प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।