२ कार्तिक २०८३, सोमबार

सहमति जपेर एमाओवादीले आन्दोलनको बाहना बनायो : सिँचाईमन्त्री साउँद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NP-Saudधनगढी, १५ फागुन । सिँचाइमन्त्री तथा नेपाली कांग्रेसका नेता नारायणप्रसाद साउँदले एकीकृत नेकपा माओवादीले सहमतिको नाममा आन्दोलनको बाहना बनाएको अरोप लगाउनुभएको छ ।

आफ्नो राजनीतिक अस्तित्व समाप्त हुने संकेत पाएपछि एमाओवादीले सहमतिका नाममा आन्दोलनको बाहना बनाएको अरोप लगाउनुभएको हो ।

जिल्ला भ्रमणका शिलशिलामा सुदूरपश्चिम गएका मन्त्री साउँदले प्रेस युनियन कैलाली उपशाखा लम्कीले शुक्रबार बिहान टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आन्दोलनले एमाओवादीलाई झन कमजोर पार्ने बताउनुभयो ।

एमाओवादी लगायत अल्पमतमा रहेका दलले संविधानसभालाई बन्धक बनाउन खोजेको उहाँको आरोप छ ।

मन्त्री साउँदले नेपाली जनतालाई दिइएको वाचाअनुरुप प्रक्रियामा भए पनि मुलुकमा संविधान जारी गरिने दृढता व्यक्त गर्नुभयो ।