मुम्बई । पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनका गोप्य कुरा सार्वजनिक भएका छन् । गोप्य कुरा सार्वजनिक भएपछि सनी अहिले चर्चामा छिन् ।
सनी लियोनका बारेमा विस्तारै विस्तारै नयाँ कुरा सार्वजनिक हुँदै गइरहेका बेला उनका गोप्य कुरा सार्वजनिक भएका हुन् । जसमध्ये उनको एक नयाँ गोप्य कुरा चलचित्र एक पहेली-लीलाको शुटिङमा सार्वजनिक भएको छ ।
चलचित्र एक पहेली-लीलाका निर्देशक बाँबी खानले सनीका गोप्य कुरा पत्ता लगाएका हुन् । निर्देशकले सनीलाई शुटिङ स्थलभरी चकलेट खाइरहेको अवस्थामा फेला पारेका थिए ।
निर्देशकले सनीको चलकेट खाने वानी पत्ता लगाएका हुन् । सनीको चकलेट खाने बानी गोप्य थियो । शुटिङस्थलमा सनीले १५ वटा चकलेट खाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबरअनुसार सनीलाई चकलेट धेरै मनपर्छ रे । चकलेट खाएपछि सनीले राम्रोसंग काम गरेपछि निर्देशकले शुटिङस्थलमै चकलेट मगाएका थिए । शुटिङमा सनीले चकलेटबाट जमेरै मज्जा लिएकी थिईन् ।













प्रतिक्रिया