रुपन्देही, १५ फागुन । भैरहवामा एमाले र एमाओवादी निकट विद्यार्थी संगठनबीच झडप भएको छ ।
पक्लिहवा कृषि क्याम्पस, भैरहवामा माओवादी निकटको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी र एमाले निकटको अनेरास्ववियुबीच बिहीबार साँझ झडप हुँदा अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष पारस विक गम्भीर घाइतेका छन् । विकसहित अन्य दुईजनाको अहिले भैरहवामा उपचार भइरहेको छ ।
सम्भावित अरू झडपलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले सूचना निकालेर होस्टल खाली गर्न विद्यार्थीलाई निर्देशन दिएको निमित्त क्याम्पस प्रमुख डा कन्हैयाप्रसाद सिंहले जानकारी दिनुभयो । क्याम्पस प्रशासनले होस्टल खाली गर्न निर्देशन दिएपछि विद्यार्थी समस्यामा परेका छन् ।















प्रतिक्रिया