११ कार्तिक २०८३, बुधबार

पाँच बोरा गाँजासहित यादव पक्राउ, पाँच राउन्ड गोली फायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १५ फागुन । सप्तरीको टिकुलिया गाविस–८ स्थित बलान खोलाबाट पाँच बोरा गाँजासहित एकजनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको भगमानपुर गाविस–१ निवासी ४७ वर्षीय भुलाई यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले बलान खोलाको बगरमा छ/सातजनाको समूहमा करिब १०५ केजी गाँजाको पोका बनाएर भारततर्फ ओसारपसार गर्ने क्रममा गाँजा तस्करलाई रोक्न खोज्दा तस्कर र प्रहरीबीच गोली फायरसमेत भएको प्रहरी निरीक्षक महेन्द्रबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार गाँजा तस्करलाई रोक्ने क्रममा दुई राउन्ड गोली फायर गरेको र जवाफी कारबाहीमा प्रहरीले पाँच राउन्ड गोली फायर गरेका थिए ।

गोली फायरपछि तस्करलाई खोज्ने क्रममा प्रहरीले गाँजाको पोकासहित यादव पक्राउ परेको बताएको छ ।