पर्वत, १५ फागुन । कालीगण्डकी नदीमा जलयात्रा (-याफ्टिङ) गर्नेक्रममा बेपत्ता भएका चिनियाँ पर्यटक खोज्न गोताखोर टोली परिचालन गरिएको छ ।
जलयात्रा गर्न गएको बेला नदीमा खसेर पाँच दिनपहिले बेपत्ता भएका चिनियाँ नागरिक क्युवान जीको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको हो ।
सशस्त्र प्रहरीको चण्डिका गण कुस्माबाट खटिएको टोलीले कालीगण्डकी नदीमा बेपत्ता चिनियाँ पर्यटकको खोजी गरिरहेको गणपति भरत पनेरुले जानकारी दिनुभयो ।
“गोताखोर नै परिचालन गरेर नदीका खोँचहरुमा खोजी गरेका छौँ”–उहाँले भन्नुभयो ।
पर्वत र बागलुङको सिमानामा पर्ने जैमिनीबाट गत आइतबार सवा ३ बजेदेखि ती पर्यटक बेपत्ता भएका थिए । पर्यटकले शनिबार बिहान पर्वतको पाङ नयाँपुलबाट जलयात्रा सुरु गरेका थिए ।















प्रतिक्रिया