काठमाडौं, १५ फागुन । राजधानीको वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइ यस वर्षको फागु (होली)पर्व सुरु भएको छ ।
भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई बिहीबार दिउसो सुभ साइतमा विधि विधानपूर्वक ठड्याइएको हो ।
उक्त कार्यक्रममा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिएको थियो ।
हिन्दू धर्मशास्त्र अनुसार हिरण्यकश्यपका पुत्र प्रह्लादलाई हत्या गर्ने उद्देश्यले होलिका आगोमा जाँदा होलिकाको दहन भएको र प्रह्लाद बाँचेको पौराणिक कथालाई लिएर होली मनाइने प्रचलन छ ।
काठमाडौंउपत्यका लगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइने गरिन्छ ।
त्यसरी उठाइएको चिर एकसातापछि फागु पूर्णिमाका दिन ढलाएर टँुडिखेलमा पु¥याई दहन गर्ने परम्परा रहेको छ ।















प्रतिक्रिया