१ कार्तिक २०८३, आइतबार

एमालेको बैंक खातामा १६ करोड रुपियाँ ! अरु दलसँग कति छ पैसा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौं, १५ फागुन । संविधानसभामा प्रतिनिधित्व गरेका प्रमुख दलहरुले आयब्यय विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

सबैभन्दा ठूलो दल कांग्रेस घाटामा र एमाले र एमाओवादी भने बचतमा छन् । गत वर्ष एमालेले १६ करोड, एमाओवादीले ७ करोड र कांग्रेसले ३ करोड आम्दानी गरेको छ ।

कांग्रेस १८ लाख ६९ हजार घाटामा छ । एमाले ३ करोड ९० लाख नाफामा छ । एमाओवादी भने ३ करोड ११ लाख सहित नाफामा छ ।

कांग्रेसको ११ खातामा जम्मा २८ हजार छ । एमालेका १३ खातामा १० लाख ९४ हजार छ भने एमाओवादीको खातामा १ करोड ३४ लाख रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।