१ कार्तिक २०८३, आइतबार

पाकिस्तानी जेलबाट छुटेका मीनबहादुर अब विदेश नजाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minbahadurकाठमाडौ, १५ फागुन । ‘आफ्नै देश आइपुग्दा एकदम खुसी छ, अब केही टेन्सन हुदैन’, वायाँ कानमा मुन्द्रा, रातो रंगको हुक, निलो जिन्ससँगै कालो चम्पल लगाएका गुल्मी वडागाँउ- ३ का मीनबहादुर सर्तुङ्गेले त्रिभुवनविमानस्थलमा उत्रेलगत्तै खुसी पोखे ।

वर्षाले बिहीबार राजधानीको जनजीवन प्रभावित थियो । दिउँसो करिब साढे दुई बजे पानीले केही बेर ब्रेक लगाउदा विमानस्थलमा ओर्लिएका २६ वर्षीय मीनबहादुरले थपे, आजको दिनमा म धेरै खुसी छुु । उनका लागि बिहीबारमात्र होइन, बुधबार पनि उत्तिकै विशेष दिन थियो । किनकी २९ महिनादेखिको कष्टपूर्ण संघर्षबाट यीनै दुई दिनमा उनले मुक्ति पाएका थिए ।

भारतको गुजरात र पाकिस्तानको सिन्ध सामुन्द्रिक कुनोमा पाकिस्तानी प्रहरीले १३ जनालाई पक्राउ गर्दा मीनबहादुर पनि परेको कान्तिपुर दैनिकले छापेको छ ।

१२ भारतीयसहित पक्राउ परेका उनी २९ महिनापछि बुधबार फागुन २४० कराँचीस्थित मलिर जेलबाट छुटेका हुन् । ‘जेलबाट सिधै कराँची विमानस्थलमा आए, त्यसपछि थाइल्यान्डको बैंकक हुदै यहाँ आइपुगेको हुँ’, उनले भने । अब उनी विदेश जान चाहदैनन् । ‘भारत त जादै जान्न, अरू देश पनि जान्न’, चार कक्षासम्म पढेका मिनबहादुरले भने, ‘अब यतै बस्ने गरि आएको छु । ऋण पनि लगभग सकिएको छ । गाउँमा बारी छ, मकै, कदो रोप्छु । घरमै बस्छु ।’

उनी १८ वर्षको उमेरमा घरको एक लाख रूपैंयाँभन्दा बढी ऋण तिर्न भारत गएका थिए ।

गुजरात राज्यमा उनले करिब ६ वर्ष त होटलमा वेटरको काम गरे । महिनाको ३५ सय भारतीय रूपैंया कमाउथें । समुन्द्रमा विछ्याईको जालोबाट मान्छा निकाल्ने काम गर्दा मासिक १२ हजार कमाउने उनका साथीले प्रलोभन देखाए । उनी साथीको लहैलहैमा गए ।

मासिक १० हजार दिइयो । साथमा दोस्रो महिनामै पाकिस्तानी सामुद्रिक क्षेत्रमा पुगेपछि राती सुतिरहेको अवस्थामा पक्राउ परे । ‘त्यस्तो घटना हुन्छ भन्ने थाहा पाएको भए, म जान्नथे’ उनले भने,’पछि थाहा पाएर के गर्नु’

कराँची एयरपोर्टबाट करिब १० किलो मिटरमा रहेको जेलका कर्मचारीलाई उनले आफू नेपाली रहेको बताए ।

तर, उनीहरूले केही प्रतिक्रिया दिएनन् । भारतीय साथीहरू एक वर्षमै छुटे ।

उनले पनि ती साथीहरूको सल्लाह अनुसार जेलाबट छुट्नका लागि आफू भारतीय हुँ भनिदिए । पहिला ६ महिना र त्यसपछि ३ महिना थुनेपछि छाडिने भनिए पनि त्यसो भएन ।

संयोगले पाकिस्तानको ‘सैबान अन्तर्राष्ट्रिय कल्याणकारी संस्था’का महासचिव हैदर अलीले जेल निरिक्षण गर्ने क्रममा मिनबहादुरलाई देखे ।

‘उनकै पहलमा म छुट्न सफल भएको हुँ । उनैले नेपाली दुतावाससँग मेरो बारेमा जानकारी दिएका हुन्, हाई कमिसनमा पनि भने, भिरिरहेको झोलाको ताल्चा खोले र हैदरसँगको फोटो देखाउदै उनले सुनाए । हैदरले भनेपछि इस्लामावादस्थित नेपाली दुतावासका राजदुत भरतराज पौड्यालले मिनबहादुरको बारेमा थाहा पाएका थिए । हैदरकै संस्थाले नेपालसम्मको आफ्नो प्लेन टिकटको पैसा उपलब्ध गराएको मिबहादुरले बताए ।

पाकिस्तानी जेलमा परे पनि उनलाई त्यहाँका प्रहरीले भने दुःख दिएनन् । ‘कहिले पनि मार पिट गरेनन्’, उनले भने । उनले यति छिटै छुटिन्छ भन्ने चाहि सोचेका थिएनन् । तीन वर्षपछि छुटिन्छ भन्ने उनको सोच रहेछ ।

उनको घरमा बाबा, दाई भाउजु, श्रीमती दुई छोरा ६ वर्ष र ४ वर्ष छन् । ५ वर्षको उमेरमा उनी आमाको मृत्यु भयो । जेलमा बस्दा परिवारका सदस्यलाई सम्झेर उनी खुबै रोए । दाजुको विवाह गर्दा लागेको ऋण तिर्न उनी भारत गएका थिए । ‘दाई पनि भारतमै थिए’, उनले भने,’घर आए, आएनन् अझै थाहा छैन ।’

उनको दुई नाम छन्, एउटा पम्फा र अर्को मिनबहादुर । पम्फा बोलाउने नाम र मिनबहादुर लेख्ने । गुल्मीमा मिनबहादुर छुटे र घर आउदै छन् भनेर थाहा छ, तर परिवारका सदस्यहरूसँग उनको कुरा हुन पाएको छैन ।

विमानस्थलमा उनलाई लिन प्रवासी नेपाली समन्वय समितिका जीवन पौडेल र उनका साथी आएका थिए । मिनबहादुर बिहीबार अनामनगरस्थित समितिको उद्धार सेल्टरमै बसे । समितिले उनलाई ७ हजार दिएर शुक्रबार घर पठाउदैछ । मीनबहादुर लामो प्रतिक्षा र उतार चढावपछि फेरि आफ्नो घरमै र्फकदै छन् ।